दाङमा वडाध्यक्ष र इन्जिनियरसहित ९ जुवाडे पक्राउ

दाङ । दाङको घोराहीमा एक वडाध्यक्ष र इन्जिनियरसहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र उपमहानगरपालिकाकै कार्यरत इन्जिनियर प्रवीण रावतसहित नौ जना गए राति काठेकोलस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।

दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूको साथबाट ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको छ। पक्राउ पर्ने अन्यमा घोराही-१८ का कृष्णबहादुर घर्ती, पूर्व इन्स्पेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका-२ का तेज प्रसाद आचार्य छन्। प्रहरीले पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु गरेको छ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »