रौतहटको एक कपडा पसलमा आगलागी

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका–८ स्थित बिर्ता बजारमा रहेको शुभ लक्ष्मी महिमा वस्त्रालय नामक कपडा पसलमा गएराति भीषण आगलागी हुँदा ठुलो क्षति भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब ९ बजेर ५० मिनेट जाँदा केदारनाथ साहको पक्की घरमा गरुडाका बिगन साहको पसलमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी बिर्ताका प्रहरी हवल्दार राजु साहको कमान्डमा गएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा करिब साढे १० बजे आगो नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी शंकर प्रसाद आचार्यले जानकारी दिएका छन्।

आगो लाग्दा पसलभित्र रहेका विभिन्न प्रकारका कपडाहरु र काठका र्याक जलेर आंशिक रूपमा क्षति पुगेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार विद्युत लाइनमा सर्टसर्किट भएर आगो लागेको अनुमान गरिएको छ। प्रारम्भिक रूपमा करिब ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको भए पनि विस्तृत क्षति विवरण सङ्कलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »