लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी

सर्लाही । दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको रात परेका आगलागीमा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका – ५ मेजरगन्जमा राति साढे ११ बजेतिर कैलाश साहको किराना गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

जस्ताले छाएको इँटाको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो । नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको थियो ।

  प्रारम्भिक अनुमान अनुसार आगलागीबाट दुई करोड रुपैयाँ बराबरको किराना सामान जलेर नष्ट भएको लालबन्दी प्रहरीले जनाएको छ । मैनबत्तीबाट आगो सल्किएको आशंका गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भने भएको छैन । त्यस्तै, कविलासी नगरपालिका–१, पिपरियामा बब्लु मण्डलको घरमा दीपावलीको दियोबाट आगलागी हुँदा घर र सरसामान जलेर करिब चार लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पचगछियाले जनाएको छ ।

यस्तै, चक्रघट्टा गाउँपालिका–५ का श्यामसुन्दर रायको घरमा विद्युत सर्ट भएर लागेको आगोले कपडा, पंखा र केही नगद जलेर करिब ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । तीनै ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीको समयमै सक्रियताका कारण ठूलो जनधन क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »