अध्यक्ष दाहालद्वारा विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता

काठमाडौँ, ५ कात्तिक। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । जेनेभामा जारी अन्तरव्यवस्थापिका सङ्घ (आपियू) को १५१औँ महासभामा सहभागी हुनका लागि जेनेभामा रहनुभएका उहाँले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो । महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधिमण्डलसँग आज छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको अध्यक्ष दाहालका प्रेस विज्ञ दिल्ली मल्लले जानकारी दिनुभयो ।

आइपियूको एसिया प्यासिफिक ग्रुपको अध्यक्षसमेत रहनुभएका चिनियाँ नेता छुइजीङ टिएन नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधिमण्डल, फाबिन हमिलटोन नेतृत्वको बेलायती संसदीय प्रतिनिधिमण्डल र सुनिल वाटगला नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो । सबै भेटमा राष्ट्रबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तरराष्ट्रिय मञ्चमा सहकार्य र सहयोगलगायत विषयमा छलफल भएको दाहालका प्रेस विज्ञ मल्लले बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी प्रदर्शन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताउनुभयो । प्रदर्शनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्रराष्ट्रको साथ र सहयोगका लागि अध्यक्ष दाहालले आग्रह गर्नुभयो । भेटमा उहाँले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको असरहरू उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »