सर्लाहीमा प्रहरीको कडाइः तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान

सर्लाही, ७ कात्तिक । तस्करी, लागूऔषध ओसारपसार र गाँजा खेतीका कारण लामो समयदेखि बदनाम हुँदै आएको सर्लाही जिल्लामा पछिल्ला महिनाहरूमा प्रहरीको कडाइले उल्लेखनीय परिवर्तन ल्याएको छ । प्रहरी प्रमुख एसपी योगेन्द्र बहादुर खड्काको नेतृत्वमा अपराध नियन्त्रण, तस्करी नियन्त्रण र राजस्व वृद्धिका प्रयासहरू सशक्त रूपमा अघि बढिरहेका छन् ।

एसपी खड्काको निर्देशनमा सर्लाही प्रहरीले सीमाक्षेत्रमा कडाइका साथ निगरानी बढाएको छ । अवैध रूपमा वारपार हुने सामान र लागूऔषधको ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निरन्तर कारबाही भइरहेको छ । प्रहरीले हालसम्म दर्जनौँ तस्करलाई नियन्त्रणमा लिएर अवैध सामानसहित भन्सारमा बुझाइसकेको छ । ‘सर्लाहीलाई अपराधरहित र तस्करीमुक्त जिल्ला बनाउने हाम्रो लक्ष्य हो,’ एसपी खड्काले बताएका छन् । उनका अनुसार सानो मात्रामा पनि अवैध कारोबारमा संलग्न पाइएकाहरूमाथि कठोर कानुनी कारबाही गरिनेछ ।

गत केही हप्तामा मात्रै सर्लाही प्रहरीले लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्न गरी दुई दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ । एसपी खड्काका अनुसार प्रहरीले लागूऔषध सेवनकर्तालाई काउन्सिलिङमार्फत सुधार्ने, ओसारपसारको सञ्जाल भत्काउने र अवैध कारोबार नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको छ ।

सर्लाही भारतसँग जोडिएको सीमा जिल्ला भएकाले भन्सार राजस्व वृद्धिसँगै सीमा अपराध नियन्त्रण पनि प्रहरीको प्रमुख दायित्व रहेको उनले बताएका छन् । ‘शान्ति सुरक्षा र अपराध नियन्त्रण हाम्रो प्राथमिकता हो । साथै तस्करी नियन्त्रण गरेर राज्यको राजस्व वृद्धि गर्नु पनि प्रहरीको जिम्मेवारी बनेको छ,’ उनले भने । उनका अनुसार तस्करी र लागूऔषध कारोबारले समाजमा अन्य अपराधहरू बढाउने भएकाले प्रहरी अहिले यी सबै गतिविधि नियन्त्रण गर्न सर्वसाधारणसँग सहकार्य गर्दै अघि बढिरहेको छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »