दण्डहीनतालाई प्रश्रय दिन हुँदैन : देवेन्द्र दाहाल

झापा, ७ कात्तिक । नेकपा (एमाले)का नेता एवम् निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरुको अवलोकन गरेका छन् । गत भदौ २३ र २४ गते आगजनी र तोडफोड गरिएका कार्यालयहरुको उनले शुक्रबार अवलोकन गरेका हुन् । त्यस क्रममा नेता दाहाल आन्दोलनका नाममा सार्वजनिक तथा नीजि सम्पत्ति क्षति गरिनु निन्दनीय भएको बताए । आगजनी तथा तोडफोडमा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए ।

दोषीहरुलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रश्रय दिन नहुने उनको भनाइ थियो । एमाले पोलिटब्यूरो सदस्य दाहालसहित एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, प्रदेश सभा सदस्य होमबहादुर थापासहितको टोलीले आगजनी गरिएका इलाका प्रहरी कार्यालय, एमाले पार्टी कार्यालय, केन्द्रीय सदस्य ओलीको निवास, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासको अवलोकन गरेको हो ।

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »