जात्रा हेर्न गएका युवक मृत फेला

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का अन्दाजी २० वर्षका भुवन धमला मृत भेटिएका छन्। कार्तिक ३ गतेदेखि बेपत्ता भएका उनी चार दिनको निरन्तर खोजबिनपछि शुक्रवार मृत अवस्थामा फेला परेका हुन्।

भुवन चौकुनेकै वडा नम्बर १० मा पर्ने घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न गएका थिए। रातिको समयमा लाग्ने उक्त जात्रामा गएका उनी भोलिपल्ट घर नफर्किएपछि खोजी सुरु गरिएको थियो।

शुक्रबार उनको शव तामाधारा खोलाको ताताथाई क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनाको प्रकृति रहस्यमय देखिएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए। यसैबिच, चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले घटनालाई लिएर दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »