छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ : अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ । बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ ।

उप–आयोजना निर्देशक तथा समितिका सूचना अधिकृत उद्धव नेपालका अनुसार आजदेखि ड्यामको पानी नदीमा छोडिनेछ । “धाप ड्यामको पानी पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसैले आजैदेखि पानी छाड्ने तयारी छ, विशेष दिनमा ड्यामको पानी बागमती नदीमा छाडिँदै आइएको छ”, उनले भने । उनका अनुसार बागमती नदीमा दुई दिनसम्म प्रतिसेकेण्ड चार सय लिटर पानी छोडिनेछ । “यसरी पानी छोड्दा बागमती नदीमा घुँडासम्म पानी आउँछ”, नेपालले भने ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले छठको अवसरमा बागमती नदीमा पानी छोड्नका लागि माग नआएकाले नदीको पानीको बहाब बढाउन पानी नछोड्ने बताए । छठ पूजा विशेष गरी तराई क्षेत्रबासीहरुको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । यस पर्वमा महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् ।

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »