छठ पर्वले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्नेछ : अध्यक्ष दाहाल

काठमाडौं, १० कात्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्व २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, “हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो, संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ, विभिन्न जाति, धर्म र समुदायका मौलिक संस्कृति अनुसारका चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिविम्बित गरेका छन् ।” विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको उनको भनाइ छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिई नदी वा जलाशयको छेउमा रातभर व्रत बसेर बिहानपख उदाउँदो सूर्यलाई अघ्र्य दिनु छठ पर्वको मुख्य विशेषता हो । मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान दर्शाउने गरेको पाइन्छ ।

उनले भनेका छन्, “परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससाथ मनाइने छठ पर्वले हामी सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »