पाँच वर्षपछि भारत–चीन सीधा उडान पुन: सुरु

काठमाडौँ : भारत र चीनबीच झन्डै ५ वर्षापछि सिधा उडान पुनः सुरु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतको कोलकाताबाट लगभग १८० यात्रु बोकेको इन्डिगोको उडान ६ई-१७०३ सोमबार चीनको ग्वाङ्झाउ पुगेको छ। यसअघि कोरोना महामारीका बेला सन् २०२० को सुरुवातमा दुई देशबीच सिधा उडान रोकिएको थियो।

त्यही वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच हिंसात्मक झडप भएपछि उडान पुनः सुरु हुन सकेनन्। अहिले भने दुई देशबीच सम्बन्ध बिस्तारै सुधार हुँदै गइरहेको छ। गत वर्ष दुई पक्षबीच सीमा गस्तीमा ऐतिहासिक सम्झौतामा हस्ताक्षर पनि भएको थियो।

यस वर्ष अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीनको भ्रमण गरेका थिए र सोही महिना चीनका विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमण गरेका थिए। भारत सरकारले उडान पुनः सुरु गर्नाले जनता-जनताको सम्पर्क बढाउने र ‘बिस्तारै द्विपक्षीय सम्बन्ध सामान्य बनाउन’ मद्दत गर्ने बताएको छ।

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »