वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौँ :  वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित भएका छन्  । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीलाई रु ५१ हजार पुरस्कार राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो । वकालत तथा न्याय क्षेत्रमा विशिष्ट योगदान गरेवापत उनलाई प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले बताए ।

माध्यमिककालीन कवि वैयाकरण नेपालको १०४औँ स्मृति दिवसका अवसरमा आज टङ्कमणि नेपाल स्मृतिग्रन्थको लोकार्पणसमेत गरिएको छ । व्याकरणविद् तथा साहित्यकार वैयाकरण नेपालका नाति, प्राध्यापक एवं साहित्यकार टङ्कमणि नेपालको स्मृतिमा टङ्कमणि नेपाल स्मृतिपुष्प सार्वजनिक गरिएको हो ।

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले उक्त ग्रन्थको लोकार्पण गरे  । प्राध्यापक नेपालका छोरी सुनिता नेपाल सुवेदीले भावी पिँढी र पाठकलाई कोसेलीस्वरुप ग्रन्थ प्रकाशन गरिएको बताइन्  । स्मृतिग्रन्थ समीक्षक प्राध्यापक बद्री विशाल भट्टराईले भोजपुरको टेम्के मैयुङमा जन्मिनुभएका नेपाल (१९९७–२०८०) भाषाप्रेमी प्राज्ञिक व्यक्तित्वका रुपमा रहेकोबारे चर्चा गरे  ।

प्रतिष्ठानका अध्यक्ष नेपालले ग्रन्थमा लामो समय प्राध्यापन र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील स्वर्गीय नेपालको अनवरत क्रियाशीलता, शालीन जीवनशैली र वाङ्मय क्षेत्रमा गरेका कार्यका विविध पाटालाई उजागर गर्ने सामग्री समावेश गरिएको बताए  । कार्यक्रममा विद्यादेवी दाहाल पुरस्कार भोजपुका दुई छात्रा योजना फुयाल र विनिता विष्टलाई अर्पण गरिएको छ ।

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »

वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वन तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको बजेट पर्याप्त नभएको बताएका

Read More »

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौँ : सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा मंगलबार

Read More »

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा

Read More »

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। मंगलबारका लागि तोकिएको पेसीको

Read More »

राप्रपा अध्यक्षमा लिङ्देनविरुद्ध उठ्ने शाहीको तयारी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र

Read More »