‘एक भागवत र एक गीता’को विशेष शोमा विपिनको प्रशंसा

काठमाडौँ । फिल्म ‘एक भागवत र एक गीता’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा आयोजित विशेष शोमा  फिल्मकर्मी, पत्रकार र राजनीतिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।

फिल्म हेर्ने अधिकांशले फिल्मको विषयवस्तु र अभिनेता विपिन कार्कीको भूमिकाको प्रशंसा गरे । निर्माता तथा निर्देशक आकाश अधिकारी, कलाकार किरण केसी फिल्मको विषय बस्तु नौलो रहेको भन्दै निर्माणमा निर्माताले देखाएको आँटको तारिफ गरे ।

झरना थापाको निर्देशनमा तयार भएको फिल्मले तेस्रो लिङ्गीको कथा भन्छ । विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्काको मुख्य अभिनय फिल्ममा छ । विशेष शोमा फिल्म हेरेपछि अभिनेता धिरज मगरले फिल्मले दर्शकको मन छुनेमा आफू विश्वस्त रहेको बताए ।

निर्देशक झरना थापाले फिल्मको बक्स अफिस भन्दा पनि दर्शकले दिने प्रतिक्रिया आफ्ना लागि महत्त्वपूर्ण हुने बताइन् । उनले, यस पटक आफूले केही फरक कथा भन्न खोजेकाले प्रतिक्रिया पनि राम्रो आइरहेको सुनाए । फिल्म शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो । फिल्मको शुक्रबारको व्यवसाय राम्रो रहेको निर्माता सुनिल कुमार थापाले बताए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »