एमाले सङ्कटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

बाँके । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले सङ्कटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताएका छन्। पार्टीले आयोजना गरेको ‘प्रतिगामी षड्यन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम’ अन्तर्गत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान देशको सङ्कटको निकास एमालेको अगुवाइमा मात्र सम्भव रहेको बताएका हुन्। भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर पार्नका लागि रचिएको षड्यन्त्र भएको उनको भनाइ छ। सिंहदरबार, सर्वोच्च अदालत जस्ता निकायमा आगो लगाएर राज्यमाथि गम्भीर अपराध गरिएको उनको भनाइ छ। यसमा को को संलग्न थिए भन्ने कुरा खुल्दै जाने पोखरेलले बताए।

यस विध्वंसमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहको संलग्नताप्रति लक्षित गर्दै पोखरेलले भने, ‘देशैभरीका धेरै स्थानीय तह र वडा कार्यालयहरू जलाइए। तोडफोड गरिए। तर काठमाडौँ महानगरमा केही गरिएन। वडाहरूमा केही गरिएन। शीतलनिवास जलाइयो, छेउमै रहेको निर्मल निवासमा एउटा ढुङ्गा पनि लागेन। यसबाट यो आगजनी र तोडफोडमा को संलग्न छ भनेर सहजै बुझ्न सकिन्छ।’ महासचिव पोखरेलले एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकाले लोकतन्त्र विरोधी सानातिना हमलाबाट विचलित हुनु नहुने बताए।

पोखरेलले भने, ‘एमालेका नेता कार्यकर्ता लोकतन्त्र प्राप्तिका लागि लामो समय जेल बस्यौँ। लामो समय भूमिगत बस्यौँ। त्यसैले हामीलाई सङ्कटसँग जुध्ने अनुभव छ। षड्यन्त्रकारीलाई लागेको थियो पार्टी कार्यालय जलाएपछि एमाले सकिन्छ। घर जलाएपछि नेता कार्यकर्ता सकिन्छन्। तर अहिले मैदानमा हेर्नुभयो भने एमाले भन्दा अरू कुनै शक्ति देख्नु भएको छ?’ उनले राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गरेका छन्।

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »

ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी

Read More »

नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको

Read More »

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »