अवैध लागुऔषध सहित २ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित सिराहाबाट २ जनालाई पक्राउ गरेको छ ।  हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको स १० प ७८६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेपछि २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–७ चक्रदह बस्ने २१ वर्षीय विक्रान्त चौधरी र मोटरसाईकल पछाडि सवार सिराहाको लहान नगरपालिका– १ मटिहरवा बस्ने २६ वर्षीय शीतल चौधरी रहेका छन् ।

उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा १.६ ग्राम फेला परेकोले रीतपूर्वक बरामद गरी निज दुवै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »

ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी

Read More »

नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको

Read More »

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »