ब्राउनको अर्धशतकमा सुदूरपश्चिमले बनायो बलियो योगफल, १९४ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो ।

एक समय १५ ओभरमा १६०-२ को अवस्थामा‌ भएर २०० भन्दा माथि रन बनाउने संकेत गरेको सुदूरको फिनिसिङ राम्रो हुन सकेन । अन्तिम ५ ओरनमा ३३ रन जोड्दा ५ विकेट गुमायो ।

सुदूरका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए । पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २-२ विकेट लिए ।

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न आवश्यक : मुख्यमन्त्री आचार्य

टवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका छन्। त्यसका लागि सङ्घीय सरकारसँग थप पहल

Read More »

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

काठमाडौँ : उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी

Read More »

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी

Read More »

नेविसंघ अध्यक्षद्वारा गगनलाई विद्यार्थी संगठन खारेज गर्ने निर्णयबारे धारणा सार्वजनिक गर्न आग्रह

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसका सभापति गगन थापालाई विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टीको आधिकारिक

Read More »

सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार

Read More »

दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रवर्द्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको

Read More »