नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा

बाजुरा । नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडीमा हुने भएको छ । यही मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।

एकीकृत समाजवादी, नेकपा माओवादीसहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको पार्टीका नेता प्रकाशबहादुर शाहले जानकारी जानकारी दिए । पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको शाहले बताए । शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहनेगरी ५१ सदस्यीय मूल समिति गठन समेत गरिएको छ । बैठकले आर्थिक परिचालन तथा व्यवस्थापन समितिको संयोजकत्वमा नरेश शाही रहने गरी ९ सदस्यीय उप समिति बनाइएको छ ।

जनपरिचालन उपसमितिमा पार्टीका नेता कर्णबहादुर विक संयोजक रहनेगरी साविकका जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी अध्यक्ष सदस्य रहेका छन् । मञ्च व्यवस्थापन उपसमितिमा मनलाल खत्री संयोजक रहेको पाँच सदस्यीय उपसमिति बनाइएको छ । भने प्रचार प्रसार उपसमितिमा अनिल शाही संयोजक रहनेगरी सात सदस्यीय उपसमिति गठन गरिएको छ । साँस्कृतिक परिचालन उपसमितिमा दीपक बसढा संयोजक र जयवीर कटेल सह संयोजक रहेका छन् ।

स्वयंसेवक परिचालन उपसमितिमा पुर रावत संयोजक रहनेगरी पाँच सदस्यीय उपसमिति गठन भएको छ । अतिथि सत्कार उपसमितिमा कमलकुमारी शाह संयोजक रहेको पाँच सदस्यीय उपसमिति बनाइएको छ भने खाद्य व्यवस्थापन उपसमितिमा चन्द्र थापा संयोजक रहनेगरी पाँच सदस्यीय र यातायात व्यवस्थापन उपसमितिमा किशोर खड्का संयोजक रहनेगरी उपसमिति पनि गठन गरिएको छ ।

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »

ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी

Read More »

नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको

Read More »

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »