महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । आइतबार भएको खेलमा घरेलु टोली नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि सीता रानामगरले २ विकेट लिइन् । उनले आफ्नो स्पेलमा १४ रन दिइन् । थाइल्यान्डका लागि नाथाकानले सर्वाधिक ५७ रनको योगदान दिईन् ।

नन्नापाटले ३२ र अविसराले २८ रन बनाईन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली निर्धारित २० ओभरमा १ सय २२ रन बनाउँदा अलआउट भयो ।

पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको नेपाली टोली मध्यक्रममा सम्हालिन सकेन । नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो । ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट हुन पुगिन् ।

अर्की ओपनर विन्दु रावल ४४ रनमा आउट भईन् । ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो । यसअघि उनको सर्वाधिक रन २८ रन थियो ।

१० बलमा २ छक्का र १ चौका प्रहार गरेकी रुविना क्षेत्री १७ रन बनाउँदै पेभेलियन फर्किइन् । पुजा महतो १२ रन बनाउँदा क्याच आउट भईन् । इन्दु बर्मा ६ रनमा क्याच आउट भइन् । कविता कुवँर २ रनमा रनआउट हुन पुगिन् । सीता रानामगर शून्य रनमा नै आउट भइन् ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »