नवनिर्वाचित सांसदहरुको शपथका लागि अस्थायी रुपमा बहुउद्देश्यीय हल तयार पारिँदै

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण तथा संसद् अधिवेशनको तयारी सुरु भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ । तर आगामी संसद्का लागि बैठक तथा शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने स्थायी हल भने अझै पूर्ण रूपमा तयार भइसकेको छैन ।

अधिवेशनअघि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ । यसक्रममा सबैभन्दा जेष्ठ सदस्यले सबैभन्दा पहिले सम्माननीय राष्ट्रपतिबाट शपथ लिनेछन् र त्यसपछि उनले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था छ । हाल संसद् बैठक बस्ने स्थायी भवन उपलब्ध छैन । ‘जेन्जी’ आन्दोलनक्रममा संसद् भवनमा आगलागी भएपछि नियमित बैठक सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने अवस्था आएको हो ।

यसको विकल्पका रूपमा सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ । हलको निर्माण अन्तिम चरणमा पुगेको र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

यसैबीच संघीय संसद् सचिवालयले नयाँ निर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुई दिनको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। प्रवक्ता गिरीका अनुसार कार्यक्रममा मुख्यतः कानून निर्माण प्रक्रिया, संसद्मा प्रश्न कसरी उठाउने लगायतका व्यवहारिक विषयहरूमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ ।

युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु

किभ । युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै जना घाइते भएको बताइएको छ । आक्रमणका

Read More »

पार्टी पुनर्गठन हुन्छ, तर फुट्दैन : योगेश भट्टराई

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा

Read More »

दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु

काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको

Read More »

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही

Read More »

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »