लागू औषधसहित ३ जना पक्राउ

काठमाडौं । बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम लागू औषध (गाँजा)सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका–१९ ईनर्वा सिराहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका–९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् ।

अस्थायी प्रहरी पोस्ट रतनपुरबाट खटिएको प्रहरीले ग.६प८८५१ नम्बरको मोटरसाइकलमा सवार फिरो जलाई ६ किलो ४५० ग्राम र मधेस प्रदेश ०३–०३८ प१२०९ नम्बरको मोटरसाइकलमा सवार तरबेजलाई ५ किलो ७८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, चितवन, भरतपुर महानगरपालिका–१८ लाहुरे चोकबाट नियन्त्रित लागू औषध ट्रामाडोल २२० ट्याब्लेट सहित सोही महानगरपालिका–२३ जगतपुर बस्ने २९ वर्षीय सोम पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही

Read More »

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »