अमेरिकी स्थलहरूमा ड्रोन आक्रमण, निशानामा कूटनीतिक केन्द्र

काठमाडौँ । इराकको राजधानी बगदादमा रहेको अमेरिकी कूटनीतिक केन्द्रमा मंगलबार ड्रोन आक्रमण भएको छ । आक्रमणमा कुनै मानवीय क्षति नभए पनि घटनाले क्षेत्रीय तनाव थप चर्काएको छ ।

अमेरिकी सञ्चारमाध्यम वाशिङ्टनपोस्ट र रोयटर्सले उद्धृत गरेको आन्तरिक अमेरिकी सुरक्षा सूचनाअनुसार, ड्रोनले बगदादस्थित बगदाद कूटनीतिक सहयोग केन्द्रमा प्रहार गरेको थियो । यो केन्द्र बगदाद विमानस्थल नजिकै रहेको अमेरिकी कूटनीतिक कर्मचारीका लागि ठुलो लजिस्टिक केन्द्र हो। ड्रोनले केन्द्रको सुरक्षा गार्ड टावर नजिकै प्रहार गरेको बताइएको छ।

रिपोर्टका अनुसार सो आक्रमणमा कुल ६ वटा ड्रोन प्रक्षेपण गरिएको थियो । तीमध्ये पाँच वटा ड्रोनलाई सुरक्षा प्रणालीले खसालिदिएको थियो भने एउटा ड्रोन केन्द्र परिसर नजिकै पुगेको थियो । अमेरिकी स्रोतहरूले उक्त आक्रमण इरान समर्थित इराकी मिलिसिया समूहहरूले गरेको हुन सक्ने आशङ्का गरेका छन्।

ती समूहहरू इस्लामिक  रेसिस्टेन्स इन इरान (आईआरआई) नामक गठबन्धनअन्तर्गत सक्रिय छन् । अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि यी समूहहरूले इराकमा अमेरिकी हितहरूलाई लक्षित गरी आक्रमण बढाएको बताइएको छ।

यसैबिच उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रको एरबिल वरपर पनि कम्तीमा तीन वटा ड्रोन अवरोध गरिएको स्थानीय स्रोतहरूले जनाएका छन्। ती ड्रोन शहर बाहिरै खसालिएको र कुनै क्षति वा हताहती नभएको जानकारी दिइएको छ । एरबिल विमानस्थल नजिकै अमेरिकी सैन्य अड्डा रहेकाले यो क्षेत्र पनि इरान तथा इरान समर्थित समूहहरूको सम्भावित निशाना बन्ने गरेको छ ।

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही

Read More »

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »