म्याग्दीमा रास्वपा बन्यो समानुपातिकतर्फ पहिलो दल

बागलुङ । प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुनलाई सघाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) म्याग्दीमा समानुपातिकतर्फ पहिलो दल बनेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ९ हजार ४ सय ५७, नेपाली कांंग्रेसले ७ हजार ५ सय ९४, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ४ हजार १६२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले दिएको जानकारी दिए ।

श्रम संस्कृति पार्टीले १ हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८४४, राष्ट्रिय मुक्ति पार्टीले ७६२ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १७७, नेशनल रिपब्लिक नेपाल १३०, नेपाल जनता संरक्षण पार्टी ८३, राष्ट्रिय जनमोर्चा ७५, पिपुल फष्र्ट पार्टी ७२, प्रगतिशील लोकतान्त्रिक पार्टी ६२, जनमत पार्टी ५५, संयुक्त नागरिक पार्टी ५३, मंगोल नेशनल अर्गनाइजेशन, ५०, राष्ट्रिय परिवर्तन पार्टी ४५, सार्वभौम नागरिक पार्टी ४३ र राष्ट्रिय गौरव पार्टी ४२ मत पाएका छन् ।

कुल मतदाता ८८ हजार दुई सय ९८ रहेकोमा समानुपातिक तर्फ ४७ हजार ६ सय १६ मत खसेको मध्य एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मत मतगणना भएको थियो । प्रत्यक्षतर्फ महावीरले २२ हजार ८५० मत पाएर विजयी भएका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महाविर पुनलाई सघाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी निष्क्रय पारेको थियो ।

रास्वपाबाट युवराज रोका उम्मेदवार थिए । उनको उम्मेदवारी निष्क्रिय पारे पनि १ हजार ५३० मत पाएका छन् । रोकाले फागुन ९ गते नै उम्मेदवारी निष्क्रिय पारेर महावीरलाई सघाएको घोषणा गरेका थिए । उम्मेदवारी निष्क्रिय पारेका रोकाभन्दा अन्य सात उम्मेदवारले उनीले भन्दा धेरै कम मत पाएका छन् ।

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही

Read More »

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »