सिंहदरबार परिसरमा वृक्षारोपण : फुर्सदिला मन्त्रीहरु उत्साहपूर्वक सहभागि

काठमाडौं । अन्तर्राष्ट्रिय वन दिवस २०२६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा सिंहदरबारस्थित संसद भवन परिसरमा वृक्षारोपण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई, अर्थमन्त्री रामेश्वर खनाल, स्वास्थ्यमन्त्री डा.सुधा शर्मा, कृषिमन्त्री डा.मदन परियार, परराष्ट्रमन्त्री बालानन्द शर्मा, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ, उद्योगमन्त्री अनिल सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामलगायतको सहभागिता थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन सकेर विदाइको पर्खाइमा रहेका मन्त्रीहरु वृक्षारोपण गर्न लामवद्ध भएर सहभागी बनेका हुन् । कार्यक्रममा मन्त्रालयका विशिष्ट कर्मचारीहरुको पनि उत्साहपूर्वक सहभागी बनेका थिए । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि प्रत्येक वर्ष मार्च २१ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय वन दिवस यस वर्ष ‘वन र अर्थतन्त्र’ भन्ने नारासहित विविध कार्यक्रमका साथ मनाइँदैछ । वन तथा वातावरण मन्त्रालयका अनुसार वन संरक्षण, दिगो व्यवस्थापन तथा यसको आर्थिक महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदै आएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार वनले पृथ्वीको पारिस्थितिक सन्तुलन कायम राख्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने, जैविक विविधताको संरक्षण गर्ने तथा मानव जीवनका लागि आवश्यक काठ, औषधि र जीविकोपार्जनका अवसर उपलब्ध गराइरहेको छ । त्यसैगरी वनले कृषि प्रणाली सुदृढ बनाउन, उत्पादनशीलता वृद्धि गर्न तथा जलाधार क्षेत्रको संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको मन्त्रालयले जनाएको छ । हरित अर्थतन्त्रतर्फ विश्व अग्रसर भइरहेका बेला वनजन्य उत्पादनले वातावरणमैत्री विकल्प प्रदान गर्दै नयाँ आर्थिक अवसर सिर्जना गरिरहेको पनि उल्लेख गरिएको छ ।

नेपाल जस्तो वन स्रोतमा सम्पन्न देशका लागि यो दिवस विशेष महत्वको रहेको उल्लेख गर्दै मन्त्रालयले सामुदायिक वन व्यवस्थापन प्रणालीलाई नेपालको सफल अभ्यासका रूपमा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा गरिएको जनाएको छ । यस अवसरमा देशभर वृक्षारोपण तथा वृक्ष संरक्षण अभियान, वन क्षेत्र सरसफाइ, वृक्षसम्बद्र्धन प्रणाली तथा दिगो वन व्यवस्थापनसम्बन्धी भिडियो प्रदर्शनी, वन पदयात्रा, विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम, गोष्ठी–अन्तरक्रिया, फोटो तथा निबन्ध प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी वन, जलवायु परिवर्तन र अर्थतन्त्र सम्बन्धी नीतिगत छलफल तथा सञ्चार माध्यममार्फत जनचेतना अभिवृद्धि अभियान पनि सञ्चालन गरिनेछ । मन्त्रालयले वन संरक्षण, प्रवद्र्धन तथा दिगो उपयोगमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको भन्दै अन्तर्राष्ट्रिय वन दिवसलाई प्रभावकारी रूपमा मनाउन सबै सरोकारवालालाई आह्वान गरेको छ ।

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »

प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र

Read More »