रोगले थलिएका १९ वर्षे विजय : उपचार नपाएर ओछ्यानमै सुक्दै छ शरीर

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५, नहरको डिलमा एउटा झुपडी शैलीको घर छ । त्यही झुपडी भित्र १९ वर्षका विजय यादव विगत नौं महिनादेखि मृत्युसँग लडिरहेका छन् । गरिबीको चपेटामा परेको यो परिवारमा अहिले खुसी होइन, केवल आँसु र छटपटी मात्र छ ।

जयराम यादवका छोरा विजयको शरीर अहिले सुकेर अस्थिपञ्जर जस्तै भएको छ । मासु सुकेर करङका हड्डीहरू प्रस्टै देखिन थालेका छन् । हिँडडुल गर्न त परको कुरा, उनी ओछ्यानबाट उठ्न समेत नसक्ने गरी थलिएका छन् ।

विजयको व्यथा नौं महिनाअघि पेटको दुखाइबाट सुरु भएको थियो । बुबा जयरामले छोरालाई निको हुने आशमा चन्द्रपुरका विभिन्न अस्पतालहरू धाए । तर, नियति कस्तो भने अहिलेसम्म उनको रोग के हो भन्ने नै पत्ता लाग्न सकेको छैन । विभिन्न चिकित्सकले फरक-फरक रोगको शंका गरी धेरैथरीका औषधि खुवाइयो, तर कुनैले काम गरेन । उपचार नहुँदा रोग झन् बल्झिँदै गएर अहिले विजय ओछ्यानमै थुनिएका छन् ।

‘ठूलो र सुविधा सम्पन्न अस्पताल लैजानसके रोग पत्ता लाग्थ्यो कि, मेरो छोरा बाँच्थ्यो कि,’ जयराम भक्कानिँदै भन्छन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका जयरामलाई बिहान-बेलुकाको छाक टार्नै धौ-धौ छ । यस्तो अवस्थामा छोरालाई महँगो अस्पताल लैजाने कुरा उनका लागि एउटा अधुरो सपना जस्तै बनेको छ ।

छोराको रेखदेखका लागि कहिले बुबा त कहिले आमा घरमै बस्नुपर्छ । यसले गर्दा उनीहरूको कमाउने बाटो पनि बन्द भएको छ । घरमा खाने अन्न छैन, छोराको ओखती गर्ने पैसा त टाढाको कुरा ।

छोराको छटपटी देख्न नसकेर जयरामले सबैसामू हात फैलाएका छन् । ‘कसरी उपचार गरौं, म त गरिब मान्छे, कसैले मेरो छोरालाई बचाइदिए हुन्थ्यो,’ उनले भावुक हुँदै अपिल गरे ।

निजामती सेवा ऐनको मस्यौदामा सर्वाेच्चले माग्याे सुझाव

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवा ऐनको विधेयक, २०८३ को मस्यौदाका सम्बन्धमा मातहतका सबै अदालतसँग राय सुझाव मागेको छ । सर्वोच्च अदालतले विधेयकका विषयमा छलफल

Read More »

रोगले थलिएका १९ वर्षे विजय : उपचार नपाएर ओछ्यानमै सुक्दै छ शरीर

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५, नहरको डिलमा एउटा झुपडी शैलीको घर छ । त्यही झुपडी भित्र १९ वर्षका विजय यादव विगत नौं

Read More »

बाबुराम भट्टराई पुगे भत्काइएको सुकुम्बासी बस्ती

काठमाडौँ : राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले

Read More »

त्रिविका तिन पदाधिकारीले राजीनामा दिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि पदाधिकारीहरूले राजिनामाको तयारी गरिएको हो

Read More »

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ । रवि लामिछानेका

Read More »

रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरूद्वको सुनुवाई आज पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्व परेको रिटको सुनुवाई आज पनि स्थगित

Read More »