सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-७ स्थित सडकमा बा.१ प ८१८ नम्बरको बस र बा.७१ प ९७४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचथर याङवरक गाउँपालिका-६ घर भएका २२ वर्षीय सुशन योङहाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ बगुवास्थित सडकमा हेटौंडाबाट बगुवातर्फ जाँदै गरेको ना.६ ख ४०४२ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय दल बहादुर बर्तौलाको शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ शानान्टारस्थित सडकमा बा.प्र.०३-००६ प ५५७६ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ धर्मपथ बस्ने ६४ वर्षीय रामकृष्ण शाहीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

इलामको सूर्योदय नगरपालिका-४ खड्का गाउँस्थित सडकमा खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३५३२ नम्बर पिकअप अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ बमजम डाँडा बस्ने ४५ वर्षीय बिलास राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको फिक्कल अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका पिकअपका सहचालक समेत २ जनाको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफि माग्नुपर्छ : पुन

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। संसद बैठकपछि पुनले पत्रकारहरुसँग

Read More »

इजरायली सेनाद्वारा लेबनानको रणनीतिक किल्ला कब्जा

काठमाडौं : इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड कब्जा गरेको छ । यो विगत २६ वर्षयताकै लेबनानभित्र इजरायलको सबैभन्दा

Read More »

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-७ स्थित सडकमा बा.१ प ८१८ नम्बरको बस र बा.७१ प

Read More »

टर्कीएमा पर्यटक बस दुर्घटना: ८ जनाको मृत्यु,३३ जना घाइते

काठमाडौँ : पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार

Read More »

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा

Read More »

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी : डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र

Read More »