इजरायली सेनाद्वारा लेबनानको रणनीतिक किल्ला कब्जा

काठमाडौं : इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड कब्जा गरेको छ । यो विगत २६ वर्षयताकै लेबनानभित्र इजरायलको सबैभन्दा भित्री क्षेत्रसम्मको सैन्य घुसपैठ मानिएको छ । नबातिह सहरनजिक अवस्थित बोफोर्ट किल्ला कब्जा वरपरका गाउँहरूमा धेरै दिनसम्म चलेको भीषण लडाइँ र हवाई आक्रमणपछि सम्भव भएको एएफपीले जनाएको छ । इजरायली सेना उक्त दुर्गम क्षेत्रमा हिजबुल्लाहका सदस्यहरूसँग लडिरहेको थियो ।

गत मार्चको सुरुदेखि इजरायल–हिजबुल्लाह युद्ध सुरु भएयता यो कब्जालाई इजरायलका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ । सन् १९४८ मा इजरायलको स्थापना भएदेखि नै युद्धको अवस्थामा रहेका यी दुई देश यतिबेला अमेरिकामा प्रत्यक्ष वार्तामा संलग्न छन् ।

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाई अद्राईले एक्समा एउटा तस्बिर पोस्ट गरेका छन्, जसमा इजरायली सैनिकहरू किल्लाबाहिर हिँडिरहेको देखिन्छ । सन् २००० मा लेबनानबाट फिर्ता हुनुअघि इजरायली सेनाले यस किल्लालाई १८ वर्षसम्म आफ्नो नियन्त्रणमा राखेको थियो ।

यसैबीच, इजरायलका रक्षामन्त्री इजरायल काट्सले आइतबार सेनाले दक्षिणी लेबनानको रणनीतिक मध्ययुगीन किल्ला बोफोर्ट कब्जा गरेको पुष्टि गरेका छन् । सेनाले इरान समर्थित हिजबुल्लाहविरुद्ध भूमिगत कारबाही विस्तार गरिरहेको पनि जनाएको छ ।

“बोफोर्टको ऐतिहासिक युद्धको ४४ वर्षपछि, र पहिलो लेबनान युद्ध (१९८२) मा वीरगति प्राप्त गरेका सैनिकहरूको सम्झना गरिने आजको दिनमा, हाम्रा सैनिकहरू बोफोर्टको शिखरमा फर्किएका छन् र त्यहाँ पुनः इजरायलको झण्डा फहराएका छन्,” काट्सले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन् ।

इजरायलको सेनाले आइतबार आफ्ना सैन्यबलहरू इरान समर्थित हिजबुल्लाहसँग लडिरहेको लेबनानको दक्षिणी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति मजबुत बनाउन विस्तारित भूमिगत कारबाहीअन्तर्गत अगाडि बढिरहेको जनाएको छ ।

इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ, “ठूलो संख्यामा आईडीएफका स्थल सैनिकहरूले ‘फर्वार्ड डिफेन्स लाइन’ विस्तार गर्ने उद्देश्यका साथ आक्रामक कारबाही सुरु गरेका छन् र यो अपरेसन हाल थप क्षेत्रहरूमा विस्तार भइरहेको छ ।” साथै, उसका सैन्यबलहरूले लिटानी नदी पार गरिसकेको पनि सेनाले जनाएको छ ।

इजरायली सेनाले आइतबार जाहरानी नदीको दक्षिणमा बसोबास गर्ने लेबनानी नागरिकहरूलाई हिजबुल्लाहविरुद्धको कारबाही तीव्र पारिएकाले उक्त क्षेत्र खाली गर्न चेतावनी दिएको छ । सेनाका अरबी भाषाका प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, “दक्षिणी लेबनानका बासिन्दाहरू, तपाईंहरू तुरुन्तै जाहरानी नदीको उत्तरतर्फ जानुहोस् ।

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफि माग्नुपर्छ : पुन

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। संसद बैठकपछि पुनले पत्रकारहरुसँग

Read More »

इजरायली सेनाद्वारा लेबनानको रणनीतिक किल्ला कब्जा

काठमाडौं : इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड कब्जा गरेको छ । यो विगत २६ वर्षयताकै लेबनानभित्र इजरायलको सबैभन्दा

Read More »

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-७ स्थित सडकमा बा.१ प ८१८ नम्बरको बस र बा.७१ प

Read More »

टर्कीएमा पर्यटक बस दुर्घटना: ८ जनाको मृत्यु,३३ जना घाइते

काठमाडौँ : पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार

Read More »

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा

Read More »

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी : डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र

Read More »