सभामुखले भेटे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री बालेनसँग भेटका लागि सभामुख अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । प्रधानमन्त्रीको जवाफ माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर विरोध जारी राखेका बेला सभामुखले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटवार्तामा जारी बर्खे अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने, संसद्मा आवश्यक बिजनेस दिने तथा सदनको अवरोध अन्त्य गर्ने उपायबारे छलफल भएको पनि सचिवालयले जनाएको छ।

गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको भूभाग मिचेको उल्लेख गर्दै अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले विरोध गर्दै आएका छन्। विपक्षीले अभिव्यक्तिको स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका हुन् ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती : अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति। मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ। डिभिजन

Read More »

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण

Read More »

प्रतिनिधि सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौँ : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो।

Read More »

नाडा अटो शोलाई लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण

Read More »

हेमबहादुर मल्ल सम्मानबाट डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानीत

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मानीत भएका छन् । उनीहरूलाई जनही २ लाख

Read More »

भारत सरकारको अनुदान सहयोगमा पाटनमा पुनर्स्थापित दुई सांस्कृतिक सम्पदा उद्घाटन

ललितपुरको पाटनमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुई महत्वपूर्ण सांस्कृतिक सम्पदा कुमारी छेँ र नयाँ कुमारीनिवासको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,

Read More »