प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण चस्मा लगाउनुपरेको भन्दै प्रधानमन्त्री शाहले संघीय संसद् सचिवालयलाई स्वास्थ्य प्रतिवेदनसहितको पत्र पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति बैठकले कालो चस्मा लगाएर सदनमा आउन नपाउने निर्णय गरेको थियो । लगाएर आउनै पर्ने भए स्वास्थ्य रिपोर्टसहित पत्र बुझाउनुपर्ने निर्णय समितिले गरेको थियो । त्यही निर्णयअनुरुप प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको प्रवक्ता गिरीले जानकारी दिए ।

प्रधानमन्त्री शाहले पठाएको स्वास्थ्य रिपोर्ट अनुसार उनको आँखामा उज्यालो सहन कठिन हुने  र आँखा सुक्खा हुने समस्या छ । उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएको रिपोट सचिवालयलाई पठाएका हुन् ।

लेफ्टिनेट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न असहज हुने भएकाले बेलाबेला आइड्रप प्रयोग गरिरहनुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख छ । बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम निर्धारित छ ।

विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका

Read More »

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती : अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति। मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ। डिभिजन

Read More »

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण

Read More »

प्रतिनिधि सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौँ : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो।

Read More »

नाडा अटो शोलाई लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण

Read More »

हेमबहादुर मल्ल सम्मानबाट डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानीत

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मानीत भएका छन् । उनीहरूलाई जनही २ लाख

Read More »