विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन्।

मंगलबार काठमाडौँमा बिजुलीमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गराउन सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विद्युत् खपत बढाउनुपर्ने बेला सरकारले उल्टै विद्युत्माथि करको भार बढाएको बताए।

उनले भने,‘देशमै विद्युत् खपत बढाउनुपर्छ। ग्यास रिप्लेस गर्नुप¥यो, पेट्रोल, डिजेल रिप्लेस गर्नुप¥यो। विद्युत् खेर जानुभन्दा त्यसको खपत बढाउनुपर्छ भन्ने कुरामा हामी सबै एकमत छौँ।’

घिसिङले विद्युत् खपत बढाउनुपर्ने अवस्थामा विद्युत्मै कर लगाउने, विद्युतीय सवारी महँगो बनाउने र चार्जिङ स्टेसनमा भ्याट लगाउने नीति लिइएको भन्दै सरकारको आलोचना गरे।

‘विद्युतमा ट्याक्स लगाउने, विद्युतीय गाडीहरूलाई महँगो बनाउने, चार्जिङ स्टेसनमा भ्याट लगाउने कार्यले विद्युत् खपतलाई निरुत्साहित गर्छ । यो गर्नु हुँदैन,’उनले भने ।

उनले विद्युतमा लगाइएको भ्याटको असर उद्योगको उत्पादन लागत हुँदै आम उपभोक्तासम्म पुग्ने बताए। विद्युत् महँगिँदा चामल, डन्डी, सिमेन्ट, तेललगायतका वस्तुको मूल्य बढ्ने उनको भनाइ थियो।

उनले भने,‘विद्युत् महँगो हुँदा चामलको भाउ बढ्छ, डन्डीको भाउ बढ्छ, सिमेन्टको भाउ बढ्छ, तेलको भाउ बढ्छ । विद्युतको मूल्य बढ्दा सबै उद्योगको लागत बढ्छ र त्यसको असर अन्ततः आम जनतालाई पर्छ ।’ घिसिङले सरकारको नीतिले विद्युतीय चुलो र विद्युतीय सवारीको प्रयोग बढाउने उद्देश्यविपरीत काम गरेको आरोप लगाए।

‘विद्युतमा महँगो बनाउने, भ्याट लगाउने अनि विद्युतीय चुलो कसरी प्रवद्र्धन हुन्छ रु विद्युतीय गाडी प्रवद्र्धन गर्न त भन्सारमा सहुलियत दिनुपर्छ, चार्जिङ स्टेसनमा सहुलियत दिनुपर्छ। उल्टै सबैमा भ्याट लगाएर कसरी विद्युत्को खपत बढ्छ रु’उनले भने ।

उनले विद्युतको सट्टा ग्यास तथा पेट्रोलियम पदार्थको प्रयोग बढ्दा देशबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने बताए। घिसिङले सरकारले सर्वसाधारणमाथि कर थपेर सीमित राजस्व उठाउनुभन्दा पेट्रोलियम पदार्थको आयात घटाउने नीति लिनुपर्नेमा जोड दिए ।

उनले भने,‘चार खर्ब रुपैयाँको पेट्रोल, डिजेल र ग्यास आयात हुन्छ । त्यसलाई दुई खर्ब रुपैयाँले मात्रै घटाउन सकियो भने देशको दुई खर्ब रुपैयाँ बचत हुन्छ । जनताबाट १२ अर्ब रुपैयाँ कर उठाएर मात्र देश विकास हुन्छ भन्ने सोच गलत हो।’

घिसिङले देशमा खेर गइरहेको विद्युत् स्वदेशमै खपत बढाउने र विदेश निर्यात गर्ने नीति आवश्यक रहेको बताए। निजी क्षेत्र र बैंकमा रहेको ठूलो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकारले वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

‘देशको विद्युत् खपत गर, देशको विद्युत् निर्यात गर। खेर गइरहेको अर्बौँको विद्युत् बेचेर कमाउनुपर्छ। निजी क्षेत्रको लगानी बढाउनुपर्छ, लगानीका धेरै क्षेत्र छन्,’उनले भने ।

घिसिङले सरकार जनतालाई थप करको भार थोपर्ने नीतिबाट पछि हटेर विद्युत्, सिँचाइ, खानेपानी र उद्योग क्षेत्रको लागत घटाउनेतर्फ लाग्नुपर्ने बताए।

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति

Read More »

विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका

Read More »

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती : अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति। मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ। डिभिजन

Read More »

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण

Read More »

प्रतिनिधि सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौँ : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो।

Read More »

नाडा अटो शोलाई लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण

Read More »