स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए।

सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले अटोमोबाइल क्षेत्रमा देखिएको प्रविधिगत परिवर्तनलाई नेपालले अवसरका रूपमा लिनुपर्ने बताए।

नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्राका रूपमा उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपाललाई अटोमोबाइल प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

विश्वको अटोमोबाइल उद्योग विद्युतीय सवारीसाधन, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले नेपाली व्यवसायीले पनि सोहीअनुसार आफ्नो क्षमता र लगानी विस्तार गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थाका कारण उद्योग व्यवसाय क्षेत्र कमजोर बन्दै गएको बताए। बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो।

‘मेरो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीहरूको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइनँ,’ श्रेष्ठले भने।

उनले अर्थतन्त्रको पुनःसंरचना आवश्यक रहेको उल्लेख गर्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए। आगामी १० वर्षपछि मुलुकले जनसांख्यिक लाभको अवसर गुमाउने अवस्था आउन सक्ने भन्दै उनले अहिले नै देशभित्र उद्योग स्थापना गरी स्वदेशमै रोजगारीको वातावरण बनाउनुपर्ने धारणा राखे।

श्रेष्ठले अटोमोबाइल क्षेत्रमा स्पेयर पार्ट्स उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै यस्ता सामग्री नेपालमै उत्पादन गर्ने प्रयास गर्नुपर्ने बताए। सरकारको औद्योगिक विकासको लक्ष्यमा निजी क्षेत्रले सहकार्य गर्ने उनको भनाइ थियो।

त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा मात्र बुझ्न नहुने बताए। यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष रूपमा जोडिएको उनको भनाइ थियो।

नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ भने राज्यको राजस्वमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको छ।

उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताए। करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे।

सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने बताउँदै उनले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीति थप व्यावहारिक तथा उपभोक्तामैत्री बनाउनुपर्ने धारणा राखे।

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए। उपत्यकाको जनसंख्या र आर्थिक गतिविधि बढ्दै गए पनि प्रदर्शनी पूर्वाधार सोहीअनुसार विस्तार हुन नसकेको भन्दै उनले भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नभएको बताए।

स्थान अभावका कारण ट्रक, बस तथा हेभी इक्विपमेन्टलगायतका सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको उनको भनाइ थियो। आर्थिक वर्ष २०८२/८३ को बजेटमा भृकुटीमण्डप प्रदर्शनीस्थल स्तरोन्नतिको योजना अघि सारिएको उल्लेख गर्दै उप्रेतीले उक्त योजना शीघ्र कार्यान्वयन गरी अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थलका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराए।

नाडाले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा समेत जोड दिएको छ। स्वच्छ ऊर्जा, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, एसेम्बली तथा अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा भविष्यमा थप सम्भावना रहेको भन्दै सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उप्रेतीले बताए।

आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा

Read More »

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति

Read More »

विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका

Read More »

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती : अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति। मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ। डिभिजन

Read More »

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण

Read More »

प्रतिनिधि सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौँ : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो।

Read More »