आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाका लागि खटिएकी महिला प्रहरी जवानले जथाभावी सडक पार गर्न खोजिरहेका एक युवकलाई रोकेकी थिइन्। उनले पैदल यात्रुका लागि बनाइएको आकाशे पुल प्रयोग गरेर बाटो काट्न आग्रह गरेकी थिइन्।

प्रहरीका अनुसार प्रहरी जवानले सुरक्षित रूपमा सडक पार गर्न आग्रह गरेपछि ती युवकले उनीमाथि हातपात गरेका थिए। घटनालगत्तै प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।

सडक पार गर्ने क्रममा पैदल यात्रुको सुरक्षाका लागि आकाशे पुल प्रयोग गर्न आग्रह गरेकै विषयमा ड्युटीमा रहेकी प्रहरीमाथि हातपात भएपछि प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

अदालत सेटिङ गरेको भन्दै आफ्नो नाम जोडिएकोमा पूर्वमन्त्री दीपक खड्काद्वारा खेद व्यक्त

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको

Read More »

आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा

Read More »

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति

Read More »

विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका

Read More »

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती : अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति। मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ। डिभिजन

Read More »

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण

Read More »