अदालत सेटिङ गरेको भन्दै आफ्नो नाम जोडिएकोमा पूर्वमन्त्री दीपक खड्काद्वारा खेद व्यक्त

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको भन्दै आफ्नो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै खेद प्रकट गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘यस्तो कुप्रचार तथा अदालतको गरिमालाई घटाउने योजनाबद्ध खेलप्रति खेदप्रकट गर्दछु । जिम्मेवार मिडिया समेत यसप्रति सचेत रहन आग्रह गर्दछु।’

नेता खड्काले न्यायको सर्वब्यापी सिद्धान्त सबैका लागि न्यायलाई आत्मसात गर्दै नेपाली कांग्रेसको आन्तरिक जीवनमा भएको केही अन्यायपूर्ण घटनामा न्याय खोज्न सर्वोच्चको ढोका ढक्ढकाएको स्पष्ट पारेका छन्। उनले सर्वोच्च अदालतमा आज उत्प्रेषण, प्रतिषेध र परमादेश समेत अन्तरकालीन आदेश जारी गरी पाउँ भनी माग गरि न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको भन्दै आफ्नो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।

नेता खड्काले न्याय र स्वतन्त्रताको लागि लडेको एक सिपाहीको नाताले सबै अदालतप्रति उत्तिकै विश्वास र भरोसा भएको भन्दै सम्मानीत सर्वोच्च अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।

महालक्ष्मी विकास बैंकले बेसरेटमै गाडी कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकको आधार दरमै सवारीसाधन कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको १८औँ नाडा

Read More »

जसपा नेपालले लुम्बिनीका तीन सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई फेरि स्पष्टीकरण सोधेको छ । सांसदत्रय सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल

Read More »

अदालत सेटिङ गरेको भन्दै आफ्नो नाम जोडिएकोमा पूर्वमन्त्री दीपक खड्काद्वारा खेद व्यक्त

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको

Read More »

आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा

Read More »

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति

Read More »

विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका

Read More »