हेमबहादुर मल्ल सम्मानबाट डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानीत

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मानीत भएका छन् । उनीहरूलाई जनही २ लाख नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

सोमबार काठमाडौंमा नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर मल्ल सम्मानबाट श्रेष्ठ र खनाललाई सम्मानीत गरेका हुन् ।

उनीहरूलाई सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका भन्दै सम्मान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

डा. श्रेष्ठलाई स्वास्थ्य सेवा र संस्थागत विकासमा योगदान पुर्‍याएको र खनाललाई सार्वजनिक प्रशासन, नीति निर्माण, प्रशासनिक सुधार तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरणमा उक्त सम्मान स्थापना गरिएको हो। यो पुरस्कार २०६० सालदेखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको साल्ट ट्रेडिङले जनाएको छ ।

हालसम्म २३ जना विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिसकिएको नेपाल जनप्रशासन संघले जनाएको छ।

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

काठमाडाैं, २५ असाेज । आज बडादसैँको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिनदेखि नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा सुरु हुन्छ। यस दिनको धार्मिक,

Read More »

भारतमा हिंसा भड्काउने योजना असफल भएको सम्बित पात्राको दाबी

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता तथा लोकसभा सांसद् सम्बित पात्राले भारतमा आगजनी र हिंसा गराउने योजना असफल भएको दाबी गरेका छन्। शनिबार

Read More »

चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस

काठमाडौं, २३ असोज । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ । प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गतिविधिबारे गोप्य सुरक्षा सूचना चुहाएको

Read More »

कांग्रेस महाधिवेशन : मतदान जारी, ढुक्क भएर मतदान गर्न गगनको अपिल

काठमाडौँ, २२ असोज।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया जारी छ। निर्धारित समयभन्दा प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो भएपछि नेपाली

Read More »

चाडपर्वमा ललितपुरमा सुरक्षा कडा : १ हजार ३४९ प्रहरी परिचालन

काठमाडौं २१ असोज। चाडपर्वको समयमा हुनसक्ने चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

Read More »

राठौरले उम्मेदवारी फिर्ता लिए, सभापतिमा गगनलाई समर्थन

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने भएका छन् ।  जारी १५औं महाधिवेशनअन्तर्गत उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा सभापतिमा उम्मेदवारी दिएका

Read More »