यस वर्षको मिस वर्ल्ड दिल्लीमा हुने, मंसिर ३० मा फिनाले

काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने भएको छ ।

यसअघि भारतमा प्रतियोगिता हुने भनिए पनि कुन ठाउँमा हुने खुलाइएको थिएन । विभिन्न ठाउँलाई लिएर अड्कलबाजी चलिरहेका थिए । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिल्लीमा प्रतियोगिता हुने निश्चित भएको जानकारी दिए । विवरणअनुसार २७ वर्षपछि भारतमा मिस वर्ल्ड आयोजना हुन लागेको हो ।

७१ औं संस्करणमा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दैछिन् । अहिले उनी यसका लागि तयारीमा जुटेकी छन् । नेपालले ब्युटी विथ पर्पस र मल्टिमिडिया लगायतका फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी गरिरहेको छ । प्रियंकाले पनि सोहीअनुसार आफू यी फास्ट-ट्रयाक विधामा जित निकाल्ने रणनीतिमा लागेको बताएकी छन् ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »