रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ जनाको अवस्था अझै अज्ञात

सुर्खेत । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी कर्णालीका एक जनाको मृत्यू भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, सल्यानका १ जना पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेसम्मको अपडेटअनुसार अझै कर्णालीका १९४ जनाको अवस्था अज्ञात नै छ ।

यसअघि सम्पर्कविहीन बनेका भनिएका २७० जना थिए । त्यसमध्ये हालसम्म ७५ जना सम्पर्कमा आइसकेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ८१ जना पुरुष छन् । यस्तै, सल्यानका ४० पुरुष, ११ महिला र ३ बालबालिका, सुर्खेतका १५ पुरुष १ महिला, मुगुका ६ पुरुष, ४ महिला  १ बालक सम्पर्कविहीन छन् ।

दैलेखका ५, जाजरकोटका ३, रुकुम पश्चिमका ९, कालिकोटका ६, डोल्पाका २ र हुम्लाका ७ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन भएका कुल १९४ मध्ये १५९ पुरुष, २८ महिला र ७ जना बालबालिका छन् ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »