काठमाडौं, १६ भदौ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) का उपाध्यक्ष पूर्णचन्द्र बानियाँले आर्थिक सहयोग गरेका छन् ।
बानियाँले एनआरएनए आईसीसी मार्फत बाढीपीडितको उद्धार तथा राहत कोषमा १ लाख ५ हजार ५ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
विपद्का कारण प्रभावित बनेका नागरिकलाई तत्काल राहत सामग्री उपलब्ध गराउन तथा मानवीय सहायता पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँले बताए ।
बाढीपीडितको अवस्था सामान्य नहुँदासम्म आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिबद्धता समेत बानियाँले जनाएका छन् ।










