काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले रसुवा बाढीपीडितका लागि उद्धार र राहतका लागि १३ करोड रुपैयाँ सहयोग गरेको छ ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार तथा राहतको लागि इप्पानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ करोड १ रुपैयाँ सहयोग गरेको हो ।
मंगलबार इप्पानका अध्यक्ष मोहनकुमार डाँगीसहितका इप्पानका पदाधिकारीले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठलाई १३ करोड १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।










