भोटेकोशी बाढीको पाठ: अबका पूर्वाधार जलवायु अनुकूलनयुक्त हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीहरूसँगको छलफल तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जलवायुजन्य विपद्को सामना गर्नसक्ने र भौगोलिक बनावटलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गर्नुपर्ने अबको आवश्यकता रहेको उनले औंल्याए । भोटेकोशी–त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले देशका अन्य मुख्य करिडोरमा पनि यस्तै बाढी आए ठूलो क्षति हुन सक्ने चेतावनी दिए ।

अब पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनका सम्भावित प्रभावलाई पूर्वानुमान गरी सोहीअनुसार संरचना बनाउनुपर्ने उनको भनाइ छ । विपद्का समयमा इप्पानले सरकारसँग गरेको समन्वय र सहकार्यको प्रशंसा गर्दै उनले नीतिगत सुधार र भविष्यका सम्भावनाको खोजीमा समेत सहकार्य आवश्यक रहेको प्रष्ट पारे ।

विपद्को समयमा सबै पक्ष एकजुट भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दिनुपर्नेमा समेत उनको जोड छ । सरकारले जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले विपद्का बेला राज्यको व्यवहार सबैप्रति समान रहेको दाबी गरे ।

कार्यक्रममा उनले भने, ‘जलवायु परिवर्तनको असरका कारण भोटेकोशी–त्रिशूली करिडोरमा जे भयो, हाम्रा अन्य मुख्य करिडोरमा यस्तो भएको भए कस्तो क्षति हुन्थ्यो होला ? त्यहाँको भौगोलिक बनावट र परिस्थिति नै त्यस्तै छ, प्राकृतिक मौसमको प्रतिकूलता पनि निकै चुनौतीपूर्ण छ । त्यसकारण अब पूर्वाधार निर्माण गर्दा जलवायु अनुकूलन संरचनादेखि सबै कुरामा पुनर्विचार गर्नुपर्ने ठाउँमा हामी आइपुगेका छौं । यस विपद्को घडीमा इप्पानले जसरी समन्वय र सहकार्य गरेको छ, त्यसका लागि म धन्यवाद दिन चाहन्छु । हामीबीच वैचारिक भिन्नता हुन सक्छन् तर यो अवस्थामा हामी सबै सँगै छौं भन्ने सन्देश राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय जगत्लाई पनि जानेछ ।’

विपद् आउनुमा कसैको हात नभए पनि यसपछिको खोज, उद्धार र राहत वितरणमा हुने समन्वय तथा सहकार्य निकै महत्त्वपूर्ण हुने धारणा उनले राखे । विपद्का बेला निजी क्षेत्र नभनी राज्यले समान व्यवहार गरेको र सरकार सबैको साथमा छ भनेर आश्वस्त पार्न आफूहरू सफल भएको उल्लेख गर्दै उनले नागरिकलाई सरकार सँगै छ भन्ने विश्वास दिलाउन सकेको दाबी समेत गरे ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »