आजको मौसमः तराई र उपत्यकामा कुहिरो लाग्ने क्रम बढ्दो

काठमाडौं, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। देशका पहाडी, तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईको भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति भने देशको हिमाली भूभागमा आंशिक बादली लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।

आगामी चार दिनका लागि कुनै चेतावनी नरहेको महाशाखाले जनाएको छ। यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

आजको मौसमः तराई र उपत्यकामा कुहिरो लाग्ने क्रम बढ्दो

काठमाडौं, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम

Read More »

छठलगत्तै संसद् बैठक बोलाउन विपक्षी दलको माग

काठमाडौं, १६ कात्तिक । संघीय संसदका प्रतिपक्ष दलहरुले संसद् बैठक अविलम्ब बोलाउन माग गरेका छन् ।  सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको

Read More »

विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्तावबारे कांग्रेस ‘पर्ख र हेर’ मा

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याए साथ नदिने संकेत गरेको छ । बिचौलिया इनम सापकोटासँग मुछिएका न्यायाधीशमाथि

Read More »

आजको मौसमः तराई र उपत्यकाहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्ने

काठमाडौं, १६ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको

Read More »

स्थानीय तहका लागि रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन खुला

काठमाडौं, १५ कात्तिक । सत्तारुढ रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा

Read More »

आजको मौसमः तराई भू-भाग र उपत्यकामा केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने

काठमाडौं, १५ कात्तिक: हाल (अर्नब चक्रवातको अवशेष) न्यून चापीय क्षेत्रको रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर नेपालमा देखिने तथा क्रमिक रूपमा सुधार

Read More »