आफूलाई स्थानीय सरकारको चिनाउने गरि काम गरेका छौ : वडा अध्यक्ष आचार्य

नेपालमा तीन तहको सरकारको परिकल्पना संविधानले गरेको छ । तर, अहिले पनि आफूलाई सरकारको रुपमा भने चिनाउन अधिकांश स्थानीय तहले हिम्मत गरेका छैनन् । संघीय र प्रदेशले आफूलाई सरकारको रुपमा चिनाउने गरिए पनि स्थानीय तहले भने अझै यो आँट गरिसकेका छैनन् । तर, भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले भने आफूलाई स्थानीय सरकारको रुपमा बताउने र चिनाउने गरेको छ ।

स्थानीय तहले विकास निर्माण मात्र होइन आवश्यक कानुन बनाउनेदेखि हरेक क्षेत्रको नियमन र कानुन कार्यान्वन तथा सेवा प्रवाहको अधिकार राख्ने मध्यपुर थिमि नगरपालिकालका प्रवक्ता तथा ३ वडाका वडा अध्यक्ष कृष्णहरि आचार्यले बताए ।

आफूहरु निर्वाचित भएर आएपछि स्थानीय तहलाई स्थानीय सरकार रुपमा व्यवहारमा ल्याएको उनले बताए । सरकारले दिनुपर्ने सेवा दिन थालिएको उनको भनाइ छ । ‘यो दुई वर्षको अनुभवमा पहिला स्थानीय तह थियो । अहिले स्थानीय सरकार भइसकेको छ । वडा कार्यालयबाटै राहदानीको सिफारिसबाहेक सबै काम हुन्छ । जन्मदर्तादेखि मृत्युदर्तासम्म वडाले नै गर्छ । नागरिकको सबै काम वडाबाटै हुन्छ,’ उनले भने ।

स्थानीय तह धेरै अधिकार भएको स्थानीय सरकारको रुपमा रहेको भए पनि सेवा प्रवाहका क्रममा सबै अधिकार उपभोग गर्न नपाएको हो कि भन्ने लागेको उनले बताए । ‘स्थानीय सरकार तथा वडा नै लाई धेरै अधिकार दिएको छ । तर, त्यो अधिकार नपाएको हो कि भन्ने लागेको छ । अधिकार दिइयो, अधिकार परिपूर्ति गर्ने सपोटिङ बडीहरु चैँ नपाएको हो कि भन्ने लागेको छ,’ वडा अध्यक्ष आचार्यले बताए ।

उनी अघिल्लो कार्यकाल सदस्य भएर जनताको सेवा गरेर अध्यक्षमा निर्वाचित भएपछि वडाको कार्यकारीको रुपम जनताको सेवामा खटिरहेका छन् । जनताको आवश्यकता र समस्यालाई सदस्यको रुपमा अघिल्ले कार्यकालमा बुझेका भएर पनि उनलाई अहिले काम गर्न सजिलो भएको छ ।

स्थानीय तहभित्र स्वास्थ्य, शिक्षा, वातावारणलगायतका विभाग रहेका र आवश्यक नीति बनाउनेदेखि सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन निर्णय गर्ने र कार्यान्वयन गर्ने स्थानीय तहले अधिकार राखेको उनले बताए । सोहीअनुसार आफूले जनताको सेवामा कुनै पनि कमि नआओस् भनेर सचेत रहने गरेको उनले जानकारी दिए । नगरवासीको राम्रो साथ रहेकाले पनि काम गर्न सजिलो भइरहेको अनुभव वडा अध्यक्ष आचार्यले बताए ।

मध्यपुर थिमि नगरपालिका राधेराधे, मनोहरा र हनुमन्ते खोला  सिमाना भएर रहेको छ । यसले केही डुबानको समस्या निम्ताएको छ । वस्ती बाक्लिँदै जाँदा पानी सोस्ने जमिन कम हुँदा नदीमा पानीको बहाव बढेको र नदीमा पनि साँघुरिँदा डुबानको समस्या देखिएको छ । तर, यसको समाधानका लागि रणनीतिक रुपमा आफूहरुले काम गरिरहेको उनको भनाइ छ । ‘नगरपालिकालको विपद् व्यवस्थापन टिमले डुबान क्षेत्रको निरीक्षण गरेको छ । सो टिमले दिने सुझावका आधारमा काम गर्नेछौँ,’ वडा अध्यक्ष आचार्यले भने ।

पहिला प्रहरी प्रशासनमा लिएर जाने समस्या अहिले वडामा आउने गरेको उनले बताए । विशेषगरी पछिल्लो समय कोठाभाडा नतिरेको गुनासो धेरै आउने गरेको उनले बताए । ‘अहिले आर्थिक मन्दीका कारण कोठा बन्दको समस्या आएका छन् । कोठा तथा सटर लिएका मान्छेहरु भाडा नतिरी बन्द गरेर जानुहुन्छ । उहाँहरु आउनुहुन्न ।यो समस्या लिएर आउने धेरै हुनुहुन्छ,’ उनले भने, जनप्रतिनिधि, प्रहरी, स्थानीयको रोहवरमा मुचुल्का उठाएर त्यस्ता कोठा र सटर खोलिदिएर समस्या समाधान गर्ने गरेका छौँ ।’

साथै सम्बन्धविच्छेद लगायतका समस्या अदालत र जिल्ला प्रशासनमा मिले पनि अन्तिममा वडामै आउने गरेको र त्यसलाई समाधान गर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ ।

२०५३ सालमा स्थापना भएको मध्यपुरथिमि नगरपालिकाको आफ्नै प्रशासनिक भवन छैन । प्रशासनिक भवन बनाउन यसै वर्ष बनाउनेगरी काम गरिरहेको उनले बताए । ‘दशैँ वा दशैँपछि नै टेन्डर आह्वान गरेर भवन निर्माणको काम सुरु गर्छाैँ,’ उनले भने । उनका अनुसार केही वडाको प्रशासनिक भवन भने रहेको छ । प्रशासनिक भवन नभएका वडा पनि बनाउने तयारी भएको उनले बताए ।

आफूहरुले प्रतिबद्धता जनाएअनुसार विकास निर्माणको काम पनि भइरहेको वडा अध्यक्ष आचार्यले बताए । ‘मेरो वडामा त अब दुई सडक पिच गर्न बाँकी छ । अरु सबै सकिएको छ । साँघुरा सडक फराकिलो बनाउने काम पनि भइसकेको छ,’ उनले भने, ‘विकास निर्माणको जनताको साथ र भूमिका ठूलो हुनेरहेछ । आफूले साथ र सहयोग पाएकैले काम गर्न सकेको हुँ ।’

जनताको स्वास्थ्य सेवा पनि प्रमुख दायित्व स्थानीय सरकारको छ । नगरपालिकाले चलाएको कोरियन हस्पिटललाई थप सुविधा सम्पन्न बनाउने गरी काम गरिरहेको उनले बताए । ‘आफूहरु आएपछि अस्पतालमा धेरै परिवर्तन आएको छ । बिरामीलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा दिनेगरी काम भएको छ,’ उनले भने । अहिले एक अर्ब लगानी गरेर अस्पताललाई सुविधा सम्पन्न बनाउने काम भइरहेको जानकारी दिएका उनले काम गरिरहेको कोरियन सरकारलाई २६ महिनामा नगरपालिकाले हस्तान्तरण गर्ने बताए ।

अस्पतालमै ब्लडबैंक स्थापना गरिएको उनले बताए । दशैँअगाडि नै ब्लडबैंक सञ्चालनमा आउने उनको भनाइ छ ।

स्वास्थ्य, शिक्षा, खानेपानीसहित भौतिक पूर्वाधारलगायत समग्र विकास निर्माणका लागि आवश्यक नीति बनाउँदै र कार्यान्वयन गर्दै जनताको सेवामा स्थानीय सरकार सक्षम रहेको सन्देश मध्यपुर थिमि नगरपालिकाले दिइरहेको उनको दाबी छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »