नगरवासी र मेयर बालेनको सहयोग छ : वडाध्यक्ष खड्गी

काठमाडौँ महानगरपालिकामा बनेका भौतिक संरचना र साघुँरा बाटोका कारण आगलागी हुँदा दमकलसमेत छिर्न नसक्ने अवस्था छ । तर, यो समस्या अन्त्यका लागि काठमाडौँ महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी निर्वाचित भएर आएदेखि नै काम गर्न थाले । अहिले दमकल छिर्न नसकेपछि आगलागी हुँदा आगो नियन्त्रणका लागि गल्ली गल्लीमा पानीको पाइप पु¥याइसकेका छन् ।

‘पानीको पाइप पु¥याइसकेको छु । आगो नियन्त्रणका लागि अब समस्या छैन,’ उनले भने, ‘सुरुबाटै यो काम गरेको हुँ ।’

उनका अनुसार अब काठमाडौं महानगरपालिकाको २८ नम्बर वडामा आगो नियन्त्रणका लागि पाइप विछ्याउने काम भइसकेको छ ।

आफूलाई काम गर्न नगरवासी र मेयर बालेन शाहको साथ र सहयोग रहेको बताएका उनले नगरवासीले आवश्यकताको सूचना दिएलगत्तै काम गर्ने गरेको बताए । ‘यहाँ ढल चाहियो, पानी चाहियो भन्ने वित्तिकै हामीले त्यहाँ पुगेर काम गर्ने गरेका छौँ,’ वडाध्यक्ष खड्गीले बताए ।

आफ्नो वडामा गुनासो नआउने गरी काम गरेको दाबी गरेका उनले नागरिकबाट कुनै पनि गुनासो नआएको बताए । दोस्रो कार्यकालमा काम गरिरहेका उनले जनताको अपेक्षा, चाहना र आवश्यकतालाई ध्यान दिएर काम गरेको बताए । 

अब वडाको आफ्नै प्रशासनिक भवन बनाउने उद्देश्यका साथ काम गरिरहेको बताए । ‘हाम्रो अहिले आफ्नै भवन बनाउने उद्देश्य लिएका छौँ,’ उनले भने, ‘चार महिनाभित्र बनाउन थाल्ने योजना छ ।’

वडाको प्रशासनिक भवनका लागि १२ आना जग्गा रहेको उनले बताए ।

राष्ट्रिय परिचयपत्र बनाउन तोकिएको स्थानमा आउन नसकेका अशक्तको बायोम्याट्रिक घरमै गएर लिने तयारी गरेको उनको भनाइ छ ।

गुनासो नआउने गरी काम गरेकै कारण विकास निर्माणदेखि सेवा प्रवाहसम्ममा नागरिकको गुनासो नआएको वडाध्यक्ष खड्गी बताउँछन् । नागरिकका प्रशासनिक कार्य झन्झटरहित र छिटो छरितो गर्ने गरेको बताउँदै उनले स्वास्थ्य, शिक्षालगायतमा पनि वडाले विशेष ध्यान दिएर काम गरेको जानकारी दिए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »