धार्मिक, ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिएका छौँ : योगेश कुमार खड्गी

काठमाडौँ महानगरपालिका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र धेरै छन् । २०७२ सालको भूकम्पले पनि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पादामा क्षति गरेको थियो । यसको संरक्षण र प्रवद्र्धनमा काठमाडौँ महानगरपालिका २७ नम्बर वडा कार्यालय खटेको छ ।

‘हामी असनलगायतका क्षेत्रमा भएका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा लागेको छौँ,’ वडाध्यक्ष योगेश कुमार खड्गीले बताए ।

यो वडामा ढलको निकास तथा व्यवस्थापन समस्या रहेको थियो । तर, अहिले  विकास निर्माण गर्ने क्रममा यो वडामा जमिनमाथिको भन्दा जमिनमूनिको कामलाई प्राथमिकता दिएको वडाध्यक्ष खड्गी बताउँछन् । ‘असन, भोटाहिटी, कमलाक्षी क्षेत्रमा ढल राख्ने काम सकिएको छ । त्यसमाथि अब चार इन्चीको ढुंगा विछ्याउने छौँ,’ उनले भने, ‘काठमाडौँ छिर्ने आठवटा ढोकामध्ये कमलाक्षीमा एउटा सिंह ढोका थियो । यसलाई नेवारीमा ढोकासी भनिन्थ्यो । यसमा सिंहको प्रतिमा पनि राखिसकेको छ ।’

सय वर्ष अगाडि नै असनका तुलाधारहरुले ल्हासाको व्यापार गर्दा फर्केर बस्ने क्वारेन्टाइन असनमा बनाइएको थियो । ल्हासाबाट फर्केपछि १५ दिन क्वारेन्टाइनमा बसेरमात्र आफ्नो घर जाने गर्थे । अहिले ती क्वारेन्टाइनको संरक्षण गर्ने कार्य भइरहेको वडाध्यक्ष खड्गीले जानकारी दिए । ‘सय वर्ष अगाडिका सम्पदाको संरक्षण गर्ने कार्य सुरु भइसकेको छ । क्वारेन्टाइनसँगै गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिरको पुननिर्माण भइरहेको छ,’ उनले भने । महाबौद्धको बिहारको संरक्षण तथा सौन्दर्यता बनाउने गरी काम भइरहेको उनले बताए ।

आवश्यकताअनुसार विद्यालयमा पनि काम भइरहेको छ । महानगरले आवश्यकताअनुसार वडालाई बजेट विनियोजन गरेको छ । आफ्नो वडामा ८० प्रतिशत काम भइसकेको उनले बताए । ‘चालु आर्थिक वर्षमा वडामा बजेट विनियोजन गर्दा बढाइएको छ,’ उनले भने, ‘काठमाडौँ महानगरको ३२ वडालाई तीन तहमा विभाजन गरिएको छ– ठूलो, मझौला र सानो । हामी सानो वडामा पर्छाैं । पहिलो ३ देखि ५ करोड बजेट हुन्थ्यो । अहिले ८ करोडसम्मको बजेट चलाउँछौँ ।’

जनतालाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्नेगरी वडाले काम गरिरहेको उनले बताए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »