मेरो प्रतिबद्धताअनुसार ‘एक घर एक धारा’ पूरा गरेँ, अब बोझे पोखरीको पानी पिउने बनाउँछु : वडाध्यक्ष कुवेर केसी

ललितपुरको महालक्ष्मी नगरपालिकाको ३ वडाका वडाध्यक्ष कुवेर केसीले आफूले जनाएको चुनावी प्रतिबद्धता पूरा गर्दै गरेको बताएका छन् । दोस्रो कार्यकाल गुजारिरहेका उनले पहिलो कार्यकालको बाँकी काम र आफूले जनाएको प्रतिबद्धता पूरा गरेको बताएका हुन् । ‘मेरो पहिलो कार्यकालको ‘एक घर एक धारा’ प्रतिबद्धता पूरा गरिसकेको छु,’ उनले भने, ‘अहिले सबैको घरमा धारा पुगिसकेको छ ।’

साथै अघिल्लो कार्यकालको अधुरो बोझे पोखरीको काम पनि अहिले भइरहेको वडाध्यक्ष केसीले ऐतिहासिक २३ रोपनी ५ आनामा रहेको बोझे पोखरीको सौन्दर्यकरण गर्ने काम पनि भइरहेको बताए । दोस्रो कार्यकालको लक्ष्य बोझे पोखरीमा आएको पानी पिउन योग्य बनाउने र यसको प्रवद्र्धन गर्ने रहेको उनले बताए । यसमा डुंगा प्रयोग गरेर आन्तरिक पर्यटकलाई मनोरञ्जन दिने काम भइरहेको उनले बताए ।

‘मेरो दोस्रो कार्यकालको लक्ष्य भनेको बोझे पोखरीको पानीलाई पिउन योग्य बनाउने भन्ने हो,’ उनले भने, ‘पानीलाई फिल्टर गरेर पिउन योग्य बनाउनेछौँ ।’

विकास निर्माणका काम निरन्तर भइरहने विषय रहेको भन्दै उनले सडक निर्माण तथा ढलको व्यवस्थापनका कार्य पनि भएको बताए ।

आफ्नै कार्यकालमा वडा कार्यकालको भवन बनाउन सकिएको भन्दै वडाध्यक्ष केसीले नगरपालिकाले बनाइदिएको डिजाइन र नक्साअनुसार वडा कार्यालयको भवन बनाउनुपर्दा आफूले सोचेकोजस्तो नभएको बताए । उनका अनुसार वडा कार्यालयको भवन अपांगमैत्री बनाउने सोच थियो ।

भवनको भुइँ तलामा स्वास्थ्य संस्था र हुलाक कार्यालयलाई दिने र बाँकी कोठा वडा कार्यालयले प्रयोग गर्ने उनले बताए । एक दुई हप्तामै नयाँ कार्यालयबाट सेवा प्रवाह हुने वडाध्यक्ष केसीले बताए । वडा क्षेत्रमा रहेका पैनाचल महादेव, सत्यनारायण मन्दिर र बोझे पोखरीकोसंरक्षण र प्रवद्र्धन गरिने उनले बताए ।

काम गर्ने विषय पहिलो कार्यकालमा बाटोको विषयमा विवाद देखिएको भए पनि दोस्रो कार्यकालमा अहिले केही पनि विवाद र चुनौती नरहेको बताए । नागरिकस्तरबाट काम गर्दा सहयोग पाएको उनको अनुभव छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »