काठमाडौँ– १६ को सुविधा सम्पन्न वडा भवनबाट सेवा प्रवाह

लामो समय स्थानीय तहको निर्वाचन नहुँदा भौतिक संरचनाहरु बन्न सकेका थिएनन् । तर, २०७४ सालमा २० वर्षपछि स्थानीय तहको निर्वाचन भयो । यो सात वर्षमा केही पालिका र वडा कार्यालयहरु आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । यसमध्येको एक हो, काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ को वडा कार्यालय । एक रोपनी चार आनामा बनेको आफ्नै नयाँ भवनमा २०८१ जेठ २६ गते सरेर सेवा प्रवाह गरेको कार्यवहाक वडाध्यक्ष पुष्प महर्जनले जानकारी दिए ।

नयाँ भवन सुविधा सम्पन्न भएकाले नागरिकका काम गर्न सकिएको उनले बताए । सेवा लिन आउँदा पहिला र्पािर्कङलगायतका असुविधा रहेको भए पनि अहिले कुनै समस्या नरहेको कार्यवहाक वडाध्यक्ष महर्जनले बताए ।

नागरिकलाई छिटोछरितो सेवा दिनु नै पहिलो दायित्वको रुपमा लिएर काम गरिरहेको जानकारी दिएका उनले सेवा लिने क्रममा कुनै समस्या आए तत्काल समाधान गरिने बताए ।

स्वास्थ्य, शिक्षा, विकास निर्माणलगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

आगामी स्थानीय तहको निर्वाचनमा टिकट पाए आफू वडाध्यक्ष पदमा उम्मेदवारी दिने उनको तयारी छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »