दक्ष जनशक्तिको अभावमा बजेट कार्यान्वयनमा समस्या : वडाध्यक्ष कार्की

काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले दक्ष जनशक्तिको अभावमा बजेट कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

वडाले बनाएर दिएको योजनाअनुसार महानगरले बजेट वडालाई दिए पनि दक्ष जनशक्तिको अभाव कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ । ‘वडाले योजना बनाएर दिएपछिको सोहीअनुसार महानगरले बजेट दिएको छ,’ उनले भने, ‘तर, जनशक्तिको अभावमा भने बजेट कार्यान्वयन गर्न समस्या भएको छ ।’ उनका अनुसार वडामा पर्याप्त दक्ष जनशक्ति छैन ।

‘महानगरले २५ अर्बको बजेट बनाउँछ । सानो क्षेत्र, धेरै आम्दानी हुने महानगर हो,’ उनले भने, ‘तर, सडकका लागि सडक विशेषज्ञ हुनुपर्‍यो, ढलका लागि ढल विशेषज्ञ हुनुपर्‍यो । विजुलीका लागि विजुली विशेषज्ञ हुनुपर्‍यो । आर्किटेक्चर हुनुपर्‍यो । महानगर इन्जिनियर मात्र भएको ठाउँ हो । दक्ष जनशक्ति चाहिने मैले मेयरलाई पनि भनेको छु । दूरगामी विकासका लागि दक्ष जनशक्ति आवश्यक छ ।’

सोहीअनुसार मेयर बालेन शाहले ३५ जना विभिन्न क्षेत्रका विशेषज्ञ मागेको उनले बताए । महानगरले आवश्यक जनशक्ति दिएमा वडाले धेरै काम गर्ने वडाध्यक्ष कार्कीले बताए । अहिले काम गर्ने नेपाली नपाइने र भारतबाट आउने कामदारलाई खटाउने विशेषज्ञ नेपाली चाहिने उनले बताए । ‘अहिले काम गर्ने नेपाली कामदार पाइँदैन । सडक पिच गर्ने भारतबाट आउँछन् । उनीहरुलाई काम खटाउने विशेषज्ञ नेपाली चाहिन्छ,’ वडाध्यक्ष कार्की भन्छन् ।

सबै प्रशासनिक कार्य वडाबाट प्रारम्भ हुने भएकाले चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिएको उनले बताए । अनलाइन सेवा प्रवाहमा गइसकेकाले सेवाग्राहीको गुनासो सम्बोधनका लागि पनि दक्ष जनशक्ति आवश्यक परेको वडाध्यक्ष कार्कीले बताए ।

यस विषयमा महानगरको ध्यानाकर्षण गराउँदा प्रशासनिक कर्मचारी वडामा पठाइदिएर काम गर्न सहज भएको उनको भनाइ छ । तर, अझै पनि प्राविधिक दक्ष जनशक्तिको भने अभाव रहेको उनले बताए ।

सर्भरमात्र अनलाइनबाट सेवा प्रवाह गरिएकाले कहिलेकाहीँ सर्भर डाउन हुँदा काम नगरिदिएर दुःख दिएको नागरिकले बुझ्ने गरेको भन्दै उनले वडाले नियतवस सेवा प्रवाहमा ढिलासुस्ती नगर्ने बताए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »