भौतिक पूर्वाधार निर्माणदेखि खानेपानी समस्या समाधानमा काम गरेका छौँ :  वडाध्यक्ष दिपेन्द्र केसी

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र केसीले वडाभित्र भौतिक पूर्वाधार निर्माणदेखि धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणका ध्यान दिएको बताएका छन् । ‘बाटो बनाउनेदेखि यहाँभित्र रहेका मठमन्दिरको संरक्षण र प्रवद्र्धन गर्ने काममा ध्यान दिएका छौँ,’ उनले भने, ‘केही मन्दिरको पुनर्निर्माण पनि गरेका छौँ ।’

विद्यालयमा तत्काल आवश्यकता परेका विषयलाई सम्बोधन गरेको बताएका उनले डुबानबाट जोगाउन खोला सरसफाइलाई पनि प्राथमिकताका साथ काम गरेको जानकारी दिए । खोला सरसफाइ गरेकै कारण यस वर्षको बर्खामा आफ्नो वडा डुबानमा नपरेको उनको भनाइ छ ।

नयाँ बाटो खोल्ने र भएका साघुँरो बाटोलाई विस्तार गर्ने कार्य पनि भएको बताएका उनले भने, ‘नयाँ बाटो बनाएका छौँ । केही बाटोलाई ठूलो बनाएका छौँ । कतै ट्रयाक पनि खोलेका छौँ । बाटो कालोपत्रे गरेका छौँ ।’

स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरेको बताएका वडाध्यक्ष केसीले हेल्थपोष्टलाई सुविधा सम्पन्न कसरी बनाउन सकिन्छ भनेर काम गरेको र स्वास्थ्य शिविर पनि सञ्चालन गरेको जानकारी दिए ।

वडालाई सफा राखेको जानकारी दिएका उनले खानेपानीको भने समस्या रहेको बताए । ‘हाम्रो वडामा त्यति फोहोर देखिँदैन । सफा राखेका छौँ,’ उनले भने, ‘तर, खानेपानीको भने समस्या छ ।’

पहिला एक घर एक धाराअनुसार पानीको समस्या नभए पनि पछिल्लो समय वस्ती बाक्लिँदै जाँदा खानेपानीको समस्या भएको उनले बताए । घनाबस्ती भएसँगै देखिएको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएका उनले आफ्नो वडामा खानेपानीको स्रोत नहुँदा पनि समस्या भएको बताए ।

खानेपानीको समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानीसँग सम्झौता भइसकेकाले अब चाँडै नै खानेपानीको समस्या समाधान हुने उनको विश्वास छ । खानेपानीको पाइप विछ्याइसकेको उनले बताए । दैनिक चार लाख लिटर पानी ल्याउने सम्झौता भएको वडाध्यक्ष केसीले बताए । अहिले बर्खाका कारण केही कामम अवरोध भएको उनले बताए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »