सेवा लिन आउँदा सेवाग्राहीलाई धेरै समय कुराउँदैनौँ : वडाध्यक्ष विश्वराज श्रेष्ठ

ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणमा काम गरेको जानकारी दिएका छन् ।
दोस्रो कार्यकाल बिताइरहेका वडाध्यक्ष श्रेष्ठले सुरुबाटै शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, पर्यटनलगायतको क्षेत्रमा प्राथमिकताका साथ काम गरेको बताए । वडा नम्बर ६ र ८ मिलेर घोषणा गरेको सम्पदा बस्तीको पनि काम गरेको उनको भनाइ छ ।
‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको काम गरेका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘महालक्ष्मी नगरपालिका ६ र ७ मिलेर घोषणा गरेको सम्पदा बस्तीको पनि काम गरेका छौँ ।’
महालक्ष्मी नगरपालिकाकै सबैभन्दा ठूलो वडा ८ नम्बर रहेको जानकारी दिँदै उनले नगरपालिकाले वडालाई बजेट समानुपातिक रुपमा विनियोजन गरेको र सोहीअनुसार काम भइरहेको बताए । काम गर्न नागरिकबाट पनि सहयोग भइरहेको उनको अनुभव छ ।
तीन महिनादेखि नयाँ भवनबाट सेवा प्रवाह भइरहेको जानकारी दिएका उनले वडाबाट प्रवाह भएको सेवाप्रति सेवाग्राही सन्तुष्ट रहेको बताए । ‘वडाले दिएको सेवाप्रति सेवाग्राहीले त एकदमै राम्रो मानेका छन्,’ उनले भने, ‘हामी सहज रुपमा सेवा दिएका छौँ । सकेसम्म कसैलाई दुःख दिने नियम राख्दैनौँ । सेवाग्राहीले सेवा लिन धेरैबेर कुर्नु पर्दैन । वडाबाट हुने काम तुरुन्त गरिहाल्छौँ ।’
खानेपानीको समस्या भने रहेको बताएका वडाध्यक्ष श्रेष्ठले यस वडामा चारवटा खानेपानी केन्द्रबाट ‘एक घर एक धारा’अनुसार पानी वितरण गरिरहेको बताए । तर, वडा ठूलो भएकाले पर्याप्त पानी वितरण भने गर्न नसकिएको उनको भनाइ छ । यद्यपि, अन्य वडाको तुलनामा यो वडामा खानेपानी सहज रहेको उनले बताए ।
शिक्षा क्षेत्रमा राम्रो काम गरेको बताउँदै उनले विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न गराउनेदेखि प्राविधि विषयमा अध्यापन गराउन सुरु गरिएको बताए ।
साथै, स्वास्थ्य क्षेत्रम पनि काम भएको उनको दाबी गरे । प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित गरिएको भन्दै वडाध्यक्ष श्रेष्ठले १५ बेडको अस्पताल स्वीकृत गरिएको जानकारी दिए । प्रसूति तथा बालरोगसम्बन्धी २५ बेडको अस्पताल खोल्नेगरी काम भइसकेको उनले जानकारी दिए ।
आफ्नै भवनबाट सेवा प्रवाहमा सहज भएको उनको अनुभव छ । आगामी दिनमा पनि खानेपानी, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नेगरी काम गर्ने लक्ष्यका साथ अघि बढिरहेको उनले बताए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »