बाटो, ढल, शिक्षा, स्वास्थ्य सेवामा काम भयो, अब खानेपानीको समस्या समाधान गर्छाैँ : वडाध्यक्ष ध्रुव खत्री

ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष ध्रुव खत्रीले बाटो, ढल, शिक्षा, स्वास्थ्य सेवामा काम भएको र खानेपानीको समस्या समाधान गर्नेगरी काम भइरहेको जानकारी दिए । भौतिक पूर्वाधारको क्षेत्रमा पनि काम भइरहेको उनले बताए ।
‘हामी निर्वाचित भएर आएपछि पहिलो बजेटमा कर्मनाशा कोरिडोर खोल्यौँ, वडा कार्यालयदेखि वरपिपलसम्मको बाटो विस्तार, ढल र पिच ग¥यौँ । कर्मनाशा खोलामा पुल बनाउने काम ग¥यौँ,’ उनले भने । ढल नभएका स्थानमा ढल व्यवस्थापनका क्षेत्रमा पनि काम भएको उनले बताए ।
शिक्षाको क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरेको जानकारी दिएका उनले स्वास्थ्य पनि राम्रै काम भइरहेको बताए । ‘बाआमा’ कार्यक्रमअन्तर्गत घरघरमै गएर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको उनले बताए । सामाजि सुरक्षाभत्ता बैंकमार्फत दिएको र बैंक जान नसक्नेका लागि सिफारिस गरिदिएर आफन्तलाई बुझ्ने व्यवस्था गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए ।
अघिल्लो वडाध्यक्षको कार्यकालमा पूरा हुन नसकेका भौतिक पूर्वाधारलगायतलाई पूर्णता दिने काम भइरहेको उनले बताए । ढल व्यवस्थापन, सडक पिच, खानेपानीको क्षेत्रलाई प्राथमिकता राखेर काम गरिरहेको जानकारी दिएका उनले दुईवटा खानेपानी केन्द्रबाट पानी वितरण गर्ने गरिएको बताए । स्रोतको अभावमा देखिएको खानेपानी समस्या समाधानलाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए ।
‘बाटो, ढल, शिक्षा, स्वास्थ्यमा पूर्णरुपले सेवा प्रवाह गर्न सकेका छौँ,’ उनले भने, ‘खानेपानीको समस्या हो, यसलाई पनि समाधान गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »