धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन विकासमा काम भइरहेको छ : वडाध्यक्ष बाबुकाजी डंगोल

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुकाजी डंगोलले भौतिक पूर्वाधारदेखि सामाजिक कार्यसम्मलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । उनले धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षण र प्रवद्र्धनको काम पनि गरेको बताए ।
‘निर्वाचित भएर आएको साढे दुई वर्षमा धार्मिक क्षेत्र अन्तर्गत राम मन्दिर, दिव्येश्वरी मन्दिर, सिद्धी गणेश मन्दिरको संरक्षण, पुनिनिर्माण गरेका छौँ,’ उनले भने, ‘सिद्धी गणेश मन्दिर र सिद्धीकाली मन्दिरको पुनर्निर्माण भएको छ । दिव्येश्वरी मन्दिरको दायँबायाँको पाटीहरुको पुनर्निर्माण भइरहेको छ ।’
पर्यटन विकासका लागि विभिन्न स्थानमा पार्क बनाउनेदेखि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरेको उनले बताए । उनका अनुसार पर्यटकलाई लक्षित गरी १ नम्बर वडामा होटेल, होमस्टे पनि सञ्चालन गरिएको छ । बाह्य र आन्तरिक पर्यटक भित्र्याउने गरी काम गरेको उनले बताए ।
विनियोजित बजेट सदुपयोग गर्नेगरी सडक निर्माण पनि भइरहेको जानकारी दिएका उनले सडक विस्तारमा भने चुनौती देखिएको छ । साँधको विवादितले पनि केही विकास निर्माणका काममा अवरोध भएको उनको भनाइ छ ।
वडाले गरेका काम र वडाबाट प्रवाह भएको सेवालाई लिएर आएका सेवाग्राहीको गुनासो तत्कालै सम्बोधन गर्ने गरेको जानकारी दिएका वडाध्यक्ष डंगोलले वडाबाट सम्बोधन हुने गुनासोलाई तत्कालै गरिदिने गरेको बताए । वडाबाट समाधान नहुने गुनासोलाई यसबारे सेवाग्राहीलाई बुझाएर पठाउने गरेको उनले बताए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »