काठमाडौँ–३१ मा पूर्वाधार निर्माणको काम लगभग सकिएको छ : वडाध्यक्ष सरोज ढकाल

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले आफ्नो वडाभित्र पूर्वाधार निर्माणको काम लगभग सकिएको जानकारी दिएका छन् ।

पूर्ववर्ती वडाध्यक्षको पालामा रहेका अधुरा र नयाँ गरी सबै पूर्वाधारको काम सकेको उनको भनाइ छ । ‘त्यत्ति बेलाका वडाध्यक्षले काम गर्नु भएको थियो । उहाँको पालाको अधुरा पूर्वाधारको काम गरेका छौँ । नयाँ कामहरुमा अहिले फल्चा बनायौँ, बाटो बनायौँ, पूर्वाधारको काम करिब करिब सकेका छौँ,’ उनले भने ‘पार्क बनाएका छौँ । खेलकुदका लागि सामग्री बनाएका छौँ । विकासका पूर्वाधारका काम सकेका छौँ ।’

अहिले वडालाई सौन्दर्यता प्रदान गर्नेगरी काम भइरहेको उनले बताए । धार्मिक तथा सांस्कृति सम्पदाको जीर्णाेद्वार, रंगरोगन, संरक्षण तथा प्रवद्र्धन गरेको वडाध्यक्ष ढकालले बताए ।
आफूलाई काम गर्न महानगर र मेयर बालेन शाहबाट सहयोग भएको बताएका उनले काम गर्दा सबैले सहयोग गर्ने बताए । ‘मेयरसापले सहयोग नै गर्नुभएको छ । काम परेको बेला मेयससापले भन्ने गरेको छु । महिनामा एक पटक बोर्ड बैठक हुन्छ । त्यहाँ आफ्नो कुरा राख्ने,’ उनले भने, ‘एक वचनमै मेयरसापले एम्बुलेन्स उपलब्ध गराइदिनुभयो ।’

आफ्नो वडामा २२ हजार घर रहेका र स्थायी तथा अस्थायी गरी ३ लाख मानिस बसोबार रहेको भन्दै उनले महानगरकै जनसंख्या र भूगोलको हिसाबले ३१ नम्बर वडा ठूलो वडाको रुपमा रहेको बताए ।

जसकारण सेवाग्राहीको भीड लाग्ने गरेको र यसलाई व्यवस्पन गर्दै आएको बताए । पुस मसान्तसम्म सम्पत्ति कर, व्यवसायी कर करबहाल करमा बुझाएमा १० प्रतिशत छुट दिएकाले पनि सेवाग्राहीको भीड लागेको उनको भनाइ छ । साथै राष्ट्रिय परिचयपत्र बनाउनेको पनि चाप रहेको उनले बताए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »