सरकारी सयन्त्रबीच समन्वय नहुँदा राम्रो काम गर्न सकेको छैन : वडाध्यक्ष कुश ढकाल

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय नहुँदा आफूले राम्रो काम गर्न नसकेको र सन्तुष्ट पनि हुन नसकेको बताएका छन् ।

‘जनप्रतिनिधि नहुँदाभन्दा त अहिले जनप्रतिनिधि छ भन्ने विश्वास छ । तर, म सन्तुष्ट छैन, आफ्नो कामबाट । मैले राम्रो काम गर्न सकेको छैन,’ उनले भने, मैले किन राम्रो काम गर्न सकेको छैन भने काठमाडौँ देशकै राजधानी हो । आज मैले बाटो बनाएँ भने भोलि अर्काे भत्काइदिन्छ, पर्सी अर्काे खन्छ । अस्ति भर्खर पिच गरेको ४÷५ ठाउँमा भत्काइसकेको छ । यहाँ ५÷६ वटा सरकार बस्छ ।’

आफ्नो ७ वर्षे कार्यानुभवमा देश चलाउन राज्यका संयन्त्र, विधि र पद्धति बलियो हुनुपर्ने बुझेको भन्दै उनले विधि पद्धति राम्रो नभएकाले नतिजा राम्रो ल्याउन नुसकिने बताए ।

जबसम्म विधि र पद्धतिमा देश बढ्दैन तबसम्म राम्रो काम गर्न नसकिने उनको बुझाइ छ । ‘विधि पद्धति राम्रो नहुँदा अहिले जसलाई जसरी मन लागेको छ, त्यसरी चलेको छ । आफ्नैमात्र वास्ता गरेको छ,’ उनले भने, ‘समाजलाई मजबुद बनाउनुपर्छ । वडालाई मजबुद बनाउनु पर्छ । सरकारलाई मजबुद बनाउनुपर्छ भन्ने कसैलाई पनि छैन । देशको माया कसैलाई छैन ।’

व्यक्तिले होइन लोकतान्त्रिक विधि र पद्धतिले राम्रो गर्ने भन्दै उनले भने, ‘अहिले व्यक्ति भर्सेस लोकतन्त्र कुरा आइरहेको छ । लोकतन्त्र खराब व्यक्ति ठिक हो भने व्यक्तिमा गए भइहाल्यो नि । राजालाई ल्याए भइहाल्यो नि । किन चाहियो अरु व्यक्ति हामीलाई, पृथ्वीनारायणको सन्तान पनि हो । व्यक्तिका कुरा नगरौँ, विधिबाट अगाडि बढौँ । बालेन्द्र शाह पनि आएपछि काठमाडौँ महानगर विधिबाट अघि बढेको छ त ? विधि र पद्धतिबाट जानुपर्‍यो ।’

तीन किसिमका विकास हुने भन्दै वडाध्यक्ष ढकालले भने, ‘टालटुले विकास, अल्पकालीन विकास र दीर्घकालीन विकास, तीनखाले विकास हुन्छ । अहिले काठमाडौँ महानगरमा टालटुले विकास भएको छ ।’

राज्यका संयन्त्रबीच एउटाले काम गर्न खोज्यो अर्काेले रोक्ने प्रवत्ति रहेको भन्दै विधि र पद्धतिअनुसार विकासदेखि हरेक क्षेत्रमा मापदण्ड बनाएर काम गरेमा मात्र देश समृद्ध बन्ने आफ्नो बुझाइ रहेको उनको भनाइ छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »